अर्जुनधारा–२ मा संचालित १० दिवसीय उद्घोषण तालिम समापन

Share :

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको २ नम्बर वडामा संचालन भएको १० दिवसीय उद्घोषण तालिम समापन भएको छ । बैशाख ६ गते देखि संचालन भएको तालिम आज बैशाख १५ गते समापन गरिएको हो ।

अर्जुनधारा २ को आर्थिक वर्ष २०७९⁄८० को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत विनियोजित रकमबाट आयोजित तालिमको समापन कार्यक्रममा अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली प्रमुख अतिथि रहनुभएको थियो । उहाँले तालिमको समापन कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


अर्जुनधारा–२ का वडाअध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिमकी सहभागी प्रशिक्षर्थी निर्जना राना मगरले स्वागत गर्नुभएको थियो ।

तालिममा अर्जुनधारा–२ का ३५ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा सहभागीहरु कैलाश कुमार श्रेष्ठ, आकाश लामिक्षाने, श्रेया ओझा र रोमा देवि घिमिरे (लुईटेल)ले तालिममा सिकेका कुराहरुसहित आफ्ना अनुभव सुनाउनु भएको थियो ।

कार्यक्रममा प्रशिक्षक तिलक योञ्जनले १० दिनसम्म सहभागिहरुले के–के सिके र तालिम संचालन कुन रुपमा गरिएको थियो भन्ने बिषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरउपप्रमुख पराजुलीले नगरपालिकाले अहिले भौतिक विकाससंगै नागरिकको क्षमता अभिवृद्धीका लागि बिभिन्न कार्यक्रमहरु गर्न बजेट बिनियोज गरेको र सोही अनुरुप कार्यहरु भइरहेको जानकारी दिनुभयो । उहाँले प्रशिक्षर्थीहरुलाई १० दिनसम्म तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा वडाअध्यक्ष श्रेष्ठले तालिमका कारण सहभागिहरुको क्षमता अभिवृद्धीमा सहयोग पुगेको बताउनुभयो । उहाँले नागरिकलाई क्षमता वान र दक्ष बनाउन वडा कार्यलयले आगामी दिनमा पनि यस्ता कार्यक्रलाई निरन्तरता दिने उल्लेख गर्नुभयोे ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको सभाहलमा १० दिनसम्म संचालन भएको तालिमलाई टि.वाई. क्रिएशन प्रा.लि. ले व्यवस्थापन तथा संचालन गरेको थियो । तालिमको समापन कार्यक्रममा अर्जुनधारा–२ की जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य विमला रोक्का, वडा सदस्य प्रेम उपरकोटी, वडा सचीव सागर आचार्य, प्रशिक्षक मदन भट्टराई (जितु) लगायतको उपस्थिति रहेको थियो ।

तालिमका सहभागिलाई टि.वाई. क्रिएशन प्रा.लि.का संचालक तथा संचारकर्मी तिलक योञ्जन र संचारकर्मी मदन भट्टराई (जितु)ले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा तालिम प्रदायक संस्था टि.वाई. क्रिएशन प्रा.लि.को तर्फबाट प्रशिक्षक मदन भट्टराईलाई कदर पत्र र प्रमुख अतिथि र वडाअध्यक्षलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पराजुली, वडा अध्यक्ष श्रेष्ठ, कार्यपालिका सदस्य रोक्का, वडासचिव आचार्य, प्रशिक्षकहरु योञ्जन र भट्टराईले तालिमका सहभागिहरुलाई प्रमाणपत्र बितरण गर्नुभएको थियो ।

तालिमको समापन कार्यक्रमको संचालन तालिमकी सहभागी प्रशिक्षार्थी एलिसा राना मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
5
+1
0
+1
4
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय