न्यायिक समिति र मेलमिलाप केन्द्रका पदाधिकारीहरुका लागि ७ दिने तालिम

Share :

झापा । बिर्तामोड नगरपालिकाले न्यायिक समिति र मेलमिलाप केन्द्रका पदाधिकारीहरुका लागि ७ दिने आधारभूत तालिम आज बिहिवार देखि सुरु गरेको छ ।

तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो । न्यायिक समिति र मेलमिलाप केन्द्रको कार्य सम्पादनमा थप सुधार ल्याउने उदेश्यका साथ आयोजना गरीएको यस तालिममा नगरका सबै वडामा रहेका मेलमिलाप कर्ताहरुको सहभागिता रहेको छ ।

कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले मुद्वा आफ्नो र अर्काको नहुने भएकोले धैर्यतापूर्वक गुनासो सुन्न र निर्णयमा पुग्न विवेक प्रयोग गर्नु पर्ने बताउनु भयो । आफु नगर उपप्रमुख हुँदा बिर्तामोडको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको चर्चा गर्दै उहाँले क्षेत्राधिकार र मुद्वाको प्रकृति अनुसार हेर्न मिल्ने नमिल्ने कुरामा समेत सचेत रहनु पर्ने बताउनु भयो । नगर प्रमुख प्रसाईले प्राकृतिक न्यायको सिदान्तका आधारमा रहेर छलफल गर्नु पर्नेमा जोड दिँदै तालिममा सहभागी सबैलाई अव्वल बन्न आग्रह गर्नु भयो ।


यस्तै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक नगेन्द्र प्रसाद संग्रौलाले प्रश्न उठ्ने गरि कुनै पनि मेलमिलाप नगराउन सबैलाई आग्रह गर्नु भयो । वहस पैरवीको समयमा समस्या भए विज्ञहरुसंग सल्लाह लिन सुझाव दिँदै उहाँले उत्कृष्ट कार्य सम्पादनमा जोड दिनु भयो ।

तालिममा अधिवक्ता कमला आचार्य, दिपेन्द्र भट्टराईले प्रशिक्षण दिने नगरकी न्यायिक शाखा अधिकृत टिका लामिछानेले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा वडा नम्बर १०का वडाअध्यक्ष दर्योधन गुरुङ, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । तालिम बैशाख २० गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय