बिर्तामोड नगरपालिकाद्वारा दुग्द किसानहरुलाई सामाग्री वितरण

Share :

झापा । बिर्तामोड नगरपालिकाले दुग्द किसानहरुलाई विभिन्न प्रकारका सामाग्री वितरण गरेको छ ।आज विहिबार आयोजित एक कार्यक्रमका विच नगरपालिकाले चिलिङ्ग भ्याट, आल्मुनियमको मिल्क क्यान र दाना पिश्ने मेशिन वितरण गरेको हो ।

पशुपंछि तथा मत्स्य विकास शाखाको वार्षिक स्विकृत कार्यक्रम २०७९/०८० अनुसार चिलिङ्ग भ्याट ३ जना, मिल्क क्यान ९ जना र दाना पिश्ने मेशिन ५ वटा समुहलाई वितरण गरीएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप–प्रमुख नगेन्द्र प्रसाद संग्रौला लगायत वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सामाग्री हस्तान्तरण गर्नु भयो । मिल्क क्यान ९ जनालाई २÷२ वटाका दरले १८ वटा वितरण गरीएको हो।

चिलिङ्ग भ्याट पाउनेमा बिना अधिकारी, तारा बुढाथोकी, खेम प्रसाद अधिकारी र मिल्क क्यान पाउनेमा कर्ण नैना दुग्ध डेरी उद्योग, देवी प्रसाद तिम्सिना, सुवोध ढुंगेल, प्रेम प्रसाद बराल, पुण्यप्रसाद अधिकारी, खेमप्रसाद अधिकारी, घनश्याम बराल, सारदा शाह, दलबहादुर घिमिरे रहेका छन् ।


यस्तै बंगुर तथा बाख्राको दाना पिसाउने मेशिन प्राप्त गर्नेहरुमा मौषमी कृषि तथा पशुपालन समुह, बुङ्गचे पशुपालन तथा कृषि फर्म, विवेक बाख्रा फर्म, सन्देश महिला बंगुरपालन कृषक समुह र समावेशी बहुउदेृश्यीय कृषि फर्म रहेका छन् ।

चिलिङ्ग भ्याट र दाना पिसाउने मेशिनमा ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत कृषकको लगानी रहेको पशुपंछि मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो । मिल्क क्यानमा भने नगरको शतप्रतिशत अनुदान रहेको छ ।

चिलिङ्ग भ्याटको कुल लागत ३ वटाको ७ लाख ३५ हजार, दाना पिशाउने मेशिन ५ वटाको १ लाख ९० हजार र मिल्क क्यानको २ लाख रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ ।

सामाग्री वितरण कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर १का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ७का कृष्ण अविरल खरेल, वडा नम्बर १०का दुर्योधन गुरुङ, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी लगायत कार्यपालिका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय