उदयपुरलाई पराजित गर्दै नमोबुद्ध सप्तरी फाइनल प्रवेश

Share :

झापा । नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्बल उदयपुरलाई २–० गोल अन्तरले पराजित गर्दै सप्तरी फाइनलमा प्रवेश गरेको हो ।


सप्तरीलाई फाइनल प्रवेश गराउन खेलको १५ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य समेत रहेकी निकिता थोकरले पहिलो गोल गरिन् । त्यसपछि खेलको ५६ औं मिनेटमा राष्ट्रिय टिमकी सदस्य रस्मि घिसिङले गोल गर्दै टिमलाई २–० गोल अन्तरको जित दिलाइन् ।

घिसिङ ‘प्लेयर्स अफ दी म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । उनलाई राष्ट्रिय फुटबल टोलिका साहायक प्रशिक्षक प्रवेश कटुवालले पुरस्कार प्रदान गर्नुभएको थियो ।

नमोबुद्ध सप्तरीले अब उपाधिकालागि ‘अल इन वान’ क्लब बिर्तामोडसंग प्रतिस्पर्धा गर्ने छ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको थियो ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

प्रतियोगिताको फाइनल खेल १६ गते शनिबार हुने छ । फाइनल खेलको पूर्वसन्ध्यामा भोलि शुक्रबार महिला दौड प्रतियोगिता आयोजना गरिएको आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
1
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय