‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार’को दोस्रो चरणको छनोट बैशाख १८ गते हुने

Share :

झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार-२०७९’को दोस्रो चरणको छनोट बैशाख १८ गते हुने भएको छ।

अर्जुनधारा­-३ स्थित कैदले पर्यापर्यटन क्षेत्रमा रहेको ग्रिनेरी हलमा दोस्रो चरणको छनोट हुने प्रतियोगिताका संयोजक तथा सारेगम कला केन्द्रका संचालक सन्तोष आले मगरले जानकारी दिनुभयो ।

यस अघि चैत्र २९ देखि बैशाख ९ गतेसम्म बिभिन्न चरणमा भएको पहिलो चरणको अडिसनबाट छनोट भएका एक सय भन्दाबढी प्रतिस्पर्धीले तेस्रो चरण प्रवेशकालागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने उहाँले बताउनुभयो ।


पहिलो चरणको अडिसनबाट दोस्रो चरणका लागि छनोट भएका प्रतिस्पर्धीबाट तेस्रो चरणका लागि गायन र नृत्य दुवै विधातर्फ ३० जना र तेस्रो चरणबाट चौथो तथा फाइनल चरणका लागि १५ जना छनौट गरिने बताइएको छ ।

गायन र नृत्य दुवै विधातर्फ अर्जुनधाराका स्थायी नागरिक र अर्जुनधारालाई कर्मथलो बनाएर बसेकाहरुले प्रतियोगितामा प्रतिस्पर्धा गरेका छन् ।

गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै शैक्षिक छात्रवृत्ती लगायतका सुबिधाहरु प्रदान गरिने आयोजकले बताएको छ । प्रतियोगिताको फाइनल वैशाख ३० गते अर्जुनधारा–७ स्थित लंका रिसोर्टमा हुने छ ।

‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’ को चौथो चरणसम्मका निर्णायकहरुमा गायनतर्फ दिपक रायमाझी, कमला नेम्वाङ र सरोज दाहाल तथा नृत्यतर्फ राज लावती, रोहित लाम्गादे र अञ्जली माझी रहने बताइएको छ । फाइनलको लागि राष्ट्रियस्तरमा चर्चित निर्णायकहरु रहने आयोजकले बताएको छ ।

सारेगम कला केन्द्रको मुख्य आयोजना, अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्डको सह–आयोजनामा संचालन भएको प्रतियोगितामा अर्जुनधारा नगरपालिकाको विशेष सहयोग रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय