प्रदेश स्तरीय महिला गोल्डकप : पहिलो सेमिफाइनलमा ‘अल इन वान’ र मिक्लाजुङ मोरङ भिड्ने

Share :

बिर्तामोड । झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलका खेलहरु आजबाट सुरु हुँदै छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक ‘अल इन वान’ क्लब बिर्तामोड र मिक्लाजुङ गाउँपालिका मोरङ भिड्दै छन् ।

क्वाटरफाइनलमा उत्कृष्ट प्रर्दशन गरेका दुवै टिम फाइनल प्रवेश गर्ने लक्ष्यकासाथ मैदान प्रवेश गर्ने तयारीमा छन् । ‘अल इन वान’ले क्वाटरफाइनलमा धरान महिला फुटबल क्लब सुनसरीलाई टाईब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । मोरङको मिक्लाजुङले क्वाटरफाइनलमा महमाई एकता क्लब इलाम विरुद्ध १–० गोल अन्तरको जित निकालेको थियो ।


बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा हुने खेल दिउँसो ३ः३० मा सुरु हुने छ ।

आजको खेलको विजेताले भोलि (बिहिबार) नमोबुद्ध युवा क्लब सप्तरी र गाईघाट फुटबल क्बल उदयपुरबिच हुने दोस्रो सेमिफाइनल खेलको जिवेतासंग १६ गते फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय