प्रदेश स्तरीय महिला गोल्डकप : गाईघाट एफसी उदयपुर सेमिफाइनल प्रवेश

Share :

झापा । गाईघाट फुटबल क्लब उदयपुर झापामा जारी प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गदै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।


खेलमा एक मात्रै गोल उदयपरकी मनिता तामाङले गरिन । उनले खेलको ४५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । पहिलो हाफमा धनकुटाले उदयपुर विरुद्ध दवाब सिर्जना गरेपनि गोल स्कोर भने गर्न सकेन् । दोस्रो हाफको सुरुवाती चरणमा भने उदयपुरले धनकुटामाथी दवाब सिर्जना गर्यो ।

१–० गोल अन्तरलेपछि परेको धनकुटाले दोस्रो हाफको अन्त्य तिर गोल गर्ने थुर्पै अवस्था सिर्जना गरेपनि स्कोर भने गर्न सकेन् ।

आजको खेलमा उदयपुरकी मनिता तामाङ ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् ।

यो खेलसंगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । उदयपुरले अब दोस्रो सेमिफाइनलमा बिहिबार नमोबुद्ध युवा क्लब सप्तरीसंग फाइनल प्रवेशकालागि प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगितामा भोलि बुधबारबाट सेमिफाइनलका खेलहरु सुरु हुने छ । पहिलो सेमिफाइनलमा आयोजक अल इन वान र मिक्लाजुङ गाउँपालिका मोरङले फाइनल प्रवेशकालागि प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको फाइनल खेल बैशाख १६ गते हुने छ । प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने प्रतियोगिताका संयोजक कृष्णबाबु योञ्जनले जानकारी दिनुभयो ।

बिर्तामोड–१०को ‘अल इन वान’ क्लबलको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय