३ जिल्लाका कार्यक्रममा सहभागी हुन ओली बुधबार झापा आउँदै

Share :

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्वी पहाडी जिल्लामा आयोजना हुने कार्यक्रमहरुमा सहभागी हुन बुधबार विहान झापा आउँदै हुनुहुन्छ ।

बुधबार विहान १०ः३० बजे भद्रपुर विमानस्थल ओर्लिएर १२ बजे ओली बुद्धशान्तिमा पालिका कमिटीको आयोजनामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गरेर इलाम जाने तय भएको छ ।

ओली इलाममा १४ गते पार्टीको परिषदमा सहभागी हुनुहुनेछ । १४ गते साँझ पाँचथरको फिदम बस्ने र त्यहाँ आयोजना हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।


त्यस्तै १५ गते तेह्रथुमको आठराई तेह्रथुम बहुप्राविधिक शिक्षालयको उद्घाटन र तमोरदिप खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको एमाले झापाका सचिव शिव ढुङगेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय