दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्छन् : माधव नेपाल

Share :

काठमाडौं । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले दलहरुले आफ्ना कमी कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताउनुभएको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन बाहिर उपनिर्वाचनको परिणामको सन्दर्भमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दलहरुले आफ्ना कमी, कमजोरी सुधारे मात्रै जनताले विश्वास गर्ने बताउनुभयो । जनताको झुकाव कसैप्रति हुने र कसैप्रति नहुने किन भइरहेको छ भन्ने विश्लेषण गरेर दलहरुले आफूलाई सुधार्नुपर्ने बताउनुभयो ।

नेकपा९एमाले०का सचिव योगेशकुमार भट्टराईले उपनिर्वाचनको मत परिणामले ठूला दलहरु रुपान्तरण हुनुपर्छ भन्ने आवाजलाई सशक्त बनाएको टिप्प्णी गर्नुभयो । उहाँले निर्वाचनको परिणामलाई कुनै चमत्कारको रुपमा नलिइ स्वभाविक प्रक्रियाको रुपमा लिनुपर्ने बताउनुभयो ।


नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले ठूला दलहरुले युवाको भावनालाई किन बुझ्न सकेनन् भन्ने विषयमा छलफल हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा जनताले आफूहरुको अनुहारलाई मन नपराउनुको कारणबारे पार्टीमा वृहत छलफल गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपनिर्वाचनको परिणामले आफ्नो पार्टीप्रतिको भ्रम र आक्रमणलाई चिरेको बताउनुभयो ।

नेकपा९माओवादी केन्द्र०का सांसद माधव सापकोटाले उपनिर्वाचनको मत परिणामले ठूला र पुराना पार्टीहरुलाई चुनौति खडा गरेको बताउनुभयो । उहाँले ठूला पार्टीहरुले आफ्नो जीवनशैली र कार्यशैलीका बारेमा गम्भिरतापूर्वक नसोच्ने हो भने चुनौति खडा हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय