प्रदेश स्तरीय महिला गोल्डकप फुटबल : आज सप्तरी र ताप्लेजुङ भिड्ने

Share :

झापा । बिर्तामोडको सैनिकबजारमा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा आज सोमबार नमोबुद्ध युवा क्लब सप्तरी र ताप्लेजुङ महिला फुटबल क्लब बिच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको सेमिफाइनल प्रवेशकालागि दुवै टोलि मैदान उत्रने तयारीमा छन् । सप्तरी र ताप्लेजुङ आज हुने खेलकालागि आइतबार नै झापा आइसकेको आयोजक ‘अल इन वान’ क्लबलका अध्यक्ष कृष्णबाबु योञ्जनले जानकारी दिनुभयो ।

बिर्तामोड–१० स्थित महेन्द्र ज्योति माविको मैदानमा हुने खेल दिउँसो ३ः३० मा सुरु हुने छ । आजको खेलको विजेताले सेमिफाइनलमा आफुलाई सुरक्षीत गर्ने छ ।


उसले मंगलबार हुने गाईघाट फुटबल क्लब उदयपुर र धनकुटा फुटबल संघबिचको अन्तिम क्वाटरफाइनल खेलको विजेतासंग १४ गते सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छ ।

यसअघि हिजो आइतबार भएको दोस्रो क्वाटरफाइनलबाट मिक्लाजुङ गाउँपालिका मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ । महमाई एकता क्लब इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ गा.पा.को टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

१६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजक संस्था ‘अल इन वान’ क्लबलका अध्यक्ष योञ्जनले जानकारी दिनुभयो ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
4
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय