काठमाडौँको टोखामा आगलागी, पाँच सटर जलेर नष्ट

Share :

काठमाडौँ । काठमाडौँको टोखामा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ ।

आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको जानकारी दिनुभयो ।


नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ ।

आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन । रासस

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय