अर्जुनधारा ५ मा दुई दिवसीय फुटबल प्रतियोगिता सुरु

Share :

अर्जुनधारा । खेलाडी छनोट गर्ने लक्ष्यकासाथ अर्जुनधारा नगरपालिकाको ५ नम्बर वडामा प्रथम दुई दिवसीय फुटबल प्रतियोगिता सुरु भएको छ ।

अर्जुनधारा ५ को भानु मा.वि.को खेल मैदानमा संचालीत प्रतियोगितामा वडाका बिभिन्न ८ वटा टोलले प्रतिस्पर्धा गर्ने छन् । आज भएको प्रतियोगिताको सुरुवाती क्वाटरफाइनल खेलहरुबाट टोल नम्बर १, ४, ७ र टोल नम्बर ६ सेमिफाइनलमा प्रवेश गरेको छ ।


टोल नम्बर १ ले टोल ३ लाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । टोल १ का लागि ९ औं मिनेटमा उत्सव कट्टेल, २२ औं मिनेटमा प्रकाश पौडेल र ३० औं मिनेटमा विशाल कार्कीले एक–एक गोल गरेका थिए ।

 

त्यस्तै टोल ४ ले टोल २ लाई ५–० गोल अन्तरले पराजित गर्दै समेमिफाइनलमा प्रवेश गरेको हो । उसकालागि टिम कप्तान राम महत्ताराले १९ औं, ३१ औं र ३९ औं मिनेटमा ३ गोल गरेर ह्याट्रिक गरेका थिए । टिमकालागि खेलको ७ औं मिनेटमा विशाल राजवंशी, २९ औं मिनेटमा भवराज भण्डारी ले थप एक–एक गोल गरेका थिए ।

टोल ६ ले टोल ५ लाई २–० ले पराजित गरेर सेमिफाइनल प्रवेश गर्दा उसकालागि राज हस्ताले १० मिनेटमा एक गोल र २५ औं मिनेटमा प्रविन बास्केले अर्को एक गोल गरेका थिए ।

 

त्यस्तै टोल ६ ले टोल ८ लाई ३–१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलको यात्रा तय गरेको छ । उसकालागि २२ औं मिनेटमा सजेश तामाङले एक गोल र अमृत तामाङले ३२ औं, ३९ औं मिनेटमा थप २ गोल गरेका थिए । टोल ८ का लागि ४० औं मिनेटमा रोहन दनुवारले १ गोल फर्काएका थिए ।

अर्जुनधारा ५ को खेलकुद विकास उपभोक्ता समितिको आयोजनामा भईरहेको प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भोलि शनिबार हुने आयोजक समितिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिनुभयो । चौधरीले खेलाडी छनोट गर्ने प्रतियोगिताको मुख्य उदेश्य रहेको बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद ५ हजार र दोस्रो हुनेले ३ हजार पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका उपाध्यक्ष मणि बमजन तामाङले जानकारी दिनुभयो । समितिको आयोजनामा शनिबार दौड प्रतियोगितामा र भेट्रान फुटबल प्रपितयोगिता समेत आयोजना गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।

शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा ५ नम्बर वडाका वडाअध्यक्ष गिताराज खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय