ओमानमाथि नेपालको शानदार जित

Share :

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि शानदार जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो ।

नेपालको जितमा कुशल मल्लले शानदार शतक प्रहार गरे । सुरुआतमा खराब देखिएको नेपालको ब्याटिङलाई सुधार गर्दै उनले १ सय ८ रनको शतकिय इनिङ्स खेले । सोमपाल कामीले विस्फोटक ६३ रनको इनिङ्स खेले ।

सुरुआती ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई शुन्य रनमा गुमाएको नेपालका लागि भिम सार्कीले ३३ र रोहित कुमार पौडेलले २३ रनको योगदान गरे । आरिफ शेखले २९ रन बनाए ।


दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुँदा सन्दीप लामिछाने ८ रनमा पेविलियन फर्किए । करन केसी २९ रनमा नकआउट रहे ।

कीर्तिपुर मैदानमा ३ सय ११ रनको लक्ष्य सहित मैदान उत्रिएको ओमान २ सय २६ रनमा अलआउट भयो । मोहमद नादिमले सर्वाधिक ६५ रन बनाएको इनिङ्समा सन्दीप गौडले ४६ रन बनाएका थिए ।

ओपनर कश्यप प्रजापतीले २५ रन जोडेका थिए । अन्य ब्याट्सम्यान क्रिसमा खासै जम्न सकेनन् ।

नेपालका सन्दीप लामिछाने र करन केसीले समान ३ विकेट लिए । दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजवंशीले १ विकेट चट्काए ।

नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । समूह एमा रहेको नेपालले दुई खेलबाट चार अंक जोडेको छ । ओमान दुई खेलबाट मात्र दुई अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय