प्रथम भिमले कप अन्तरपालिका जिल्ला स्तरीय कराते प्रतियोगिताको उपाधि अर्जुनधारालाई

Share :

झापा । झापाको अर्जुनधारा प्रथम भिमले कप अन्तरपालिका जिल्ला स्तरीय कराते प्रतियोगिता २०८० को विजेता बनेको छ । अर्जुनधारा १ को भिमले कराते डोजोको आयोजनामा सम्पन्न भएको कराते प्रतियोगितामा ५ वटा तौल समुहमा प्रथम, ३ वाट तौल समुहमा दोस्रो र २ वटा तौल समुहमा तेस्रो स्थानमा जित निकालेको अर्जुनधारा नगरपालिकाको कराते टोलिले पहिलो स्थान हात पारेको हो ।

प्रतियोगितामा ४ वटा तौल समुहमा प्रथम, ४ वटामा दोस्रो र ४ वटा तौल समुहमा तेस्रो भएको विर्तामोड नगरपालिकाको टोलिले दोस्रो स्थान हात पारेको छ । ४ वटा तौल समुहमा पहिलो, ३ वटामा दोस्रो र ६ वटा तौल समुहमा तेस्रो स्थान हात पारेको मेचीनगर प्रतियोगितामा तेस्रो भएको छ । २ वटा तौल समुहमा प्रथम, ४ वटामा दोस्रो र ५ वटामा तेस्रो बनोको शिवसताक्षी नगरपालिका चौथो स्थानमा समेटीयो ।

२ वटा तौल समुहमा प्रथम, २ वटामा दोस्रो र ३ वटामा तेस्रो स्थान हात पारेको आयोजक भिमले डोजो प्रतियोगितामा ५ औं स्थान रह्यो । त्यस्तै एउटा तौल समुहमा प्रथम, २ वटामा दोस्रो र २ वटामा तेस्रो स्थान हात पारेको बुद्धशान्ती छैटौं हुँदा एउटा तौल समुहमा दोस्रो र ५ वटा तौल समुहमा तेस्रो बनेको बाह्रदशीले सातौं स्थानमा चित्त बुझायो ।


प्रतियोगितामा ५ वटा तौल समुहमा तेस्रो बनेको हल्दिबारी आठौं र ३ वटा तौल समुहमा तेस्रो स्थान हात पारेको कनकाई नगरपालिका नवौं स्थानमा समेटीयो । भद्रपुर नगरपालिकाको टोली प्रतियोगिताको अन्तिम तथा १० औं स्थानमा रह्यो ।

प्रतियोगितामा १० वटा पालिकाका करिब २ सय जना महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक समितिका अध्यक्ष मदन बरालले जानकारी दिनुभयो । अर्जुनधारा नगरपालिककाको पर्यटकीय क्षेत्र हलुवागड पर्यापर्यटनमा आयोजना भएको प्रतियोगितामा ३० जना निर्णायकले खेल संचालन गरेका थिए ।

प्रतियोगितामा २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५ र ६० केजी तौल समूह गरेर महिलातर्फ ९ वटा तौल समुहमा प्रतिस्पर्धा भएको थियो । पुरुषतर्फ भने २०, २५, ३०, ३५, ४२, ५२, ५७ र ६२ केजी गरेर ८ वटा तौल समुहमा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताबाट बैशाख २२ र २३ गते हुने कोशी प्रदेश स्तरीय कराते प्रतियोगिताकालागि खेलाडी समेत छनोट गरिएको राष्ट्रिय खेलकुद परिषद्का कराते प्रशिक्षक दुर्गाराज निरौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय