एसीसी प्रिमियर कप : आज नेपाल र ओमान भिड्दै

Share :

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज (शुक्रबार) नेपालले ओमानको सामना गर्नेछ ।

दुई उपाधि दाबेदार नेपाल र ओमानबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरू हुनेछ ।

दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।


शुक्रबारको खेल एक दिवसिय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको ५० औं खेल हुनेछ । सन् २०१८ मार्च १५ मा ओडिआई मान्यता प्राप्त गरेको नेपालले हालसम्म ४९ ओडिआई खेलेको छ । एसीसी प्रिमियर कप प्रतियोगितामा एकै समूहमा रहेका नेपाल र ओमान ओडिआई मान्यताप्राप्त देश हुन् ।

नेपालले अहिलेसम्म खेलेका ४९ ओडिआई खेलमा २६ मा जित, २१ मा हार, एक मा बराबरी र एक खेल नतिजा बिहीन भएको छ ।

प्रिमियर कपअन्तर्गत आज हुने दोस्रो खेलमा हङकङ र युएई भिड्नेछन् । यो खेल बिहान ९ बजे मुलपानी मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय