अर्जुनधारा-२ मा १० दिवसीय उद्घोषण तालिम सुरु

Share :

झापा । अर्जुनधारा नगरपालिकाको २ नम्बर वडामा १० दिवसीय उद्घोषण तालिम सुरु भएको छ ।

अर्जुनधारा २ को आर्थिक वर्ष २०७९-८० को वार्षिक निती तथा कार्यक्रमको विनियोजित रकमबाट आयोजित तालिमको उद्घाटन वडाअध्यक्ष नरेन्द्र कुमार श्रेष्ठले गर्नुभयो ।

नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखाको सभाहलमा आयोजित तालिमलाई टि.वाई. क्रिएशन प्रा.लि.ले संचालन गरेको हो ।


तालिममा वडाका बिभिन्न स्थानका ३५ जना प्रशिक्षार्थीको सहभागिता रहने बताइएको छ ।

तालिमका सहभागिलाई संचारकर्मी तिलक योञ्जन र मदन भट्टराई (जितु)ले प्रशिक्षण प्रदान गर्नुहुने छ।

बैशाख १५ गतेसम्म संचालन हुने तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिका २ का वडाअध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ, कार्यपालिका सदस्य विमला रोक्का, नगर न्यायीक समिति सदस्य शर्मिला फागो, वडा सदस्य बलबहादुर समाल, नेपाल रेडक्रस खुदुनाबारी उपशाखाका सभापति मुकुन्द भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय