अवैध काठसहित पिकअप गाडी नियन्त्रणमा

Share :

झापा । अवैध सखुवाको चिरान काठसहित पिकअप गाडी प्रहरीले मेचीनगरमा नियन्त्रणमा लिएको छ ।

बुधवार बिहान ११ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका वडा नं.८ दुर्गा मन्दिर टोलमा उत्तरबाट दक्षिणतर्फ सुपारीको सुकेको पत्ता लिएर आउँदै गरेको मे १ ज ११८० नम्बरको पिकअप गाडीलाई शंका लागेर रोक्न खोज्दा गाडी रोकी चालक भागी फरार भएका थिए ।

गाडीलाई चेकजाँच गर्दा गाडीमा सखुवा जातको अन्दाजी ४० क्यु. फिट चिरान काठ फेला परेकोले उक्त गाडीसहित काठलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि डिभीजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय