विभिन्न बहानामा रकम नउठाउन समुदायीक र निजि बिद्यालयलाई नेविसंघको चेतावनी

Share :

बिर्तामोड । नेपाल विद्यार्थी संघ झापाले समुदायीक बिद्यालयहरुले बिद्यार्थीबाट बिभिन्न बहानामा रकम असुली रहेको भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

झापाको बिर्तामोडमा आज (मंगलबार) पत्रकार सम्मेल गर्दै नेविसंघले नेपालका प्रत्येक सामुदायिक बिद्यालयहरुले विद्यार्थीहरुलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने विषय कानुनमा उल्लेख गरिएको भएपनि पछिल्लो केही समय यता सामुदायीक बिद्यालयहरुले बिभिन्न बहानामा बिद्यार्थीहरुसंग रकम असुली गरेको भन्दै बिद्यार्थीबाट रकम नउठाउन ध्यानाकर्षण गराएको हो ।

त्यस्तै संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिकमन्दीलाई मध्यनजर गरेर शुल्क घटाउनु पर्ने समेत नेविसंघले माग गरेको छ । देश आर्थिक संकटबाट गुर्जिएको अवस्थामा विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्दा चर्को मुल्य नलिन वा शुल्क बृद्धी नगर्न नेविसंघले आग्रह गरेको हो ।


पत्रकार सम्मेलनमा नेविसंघ झापाका सभापति सञ्जय निरौलाले संस्थागत तथा सामुदायिक विद्यालयहरुले अभिभावकहरुको ढाड सेक्ने गरी चर्को मुल्य लिने गरेको भन्दै तत्काल त्यस्ता कार्य बन्द गर्न चेतावनी दिनुभयो । उहाँले बिभिन्न बिद्यालयहरुले चर्को मुल्य लिएको भन्दै गुनासो समेत बढेको बताउनुभयो । सभापति निरौलाले यसअघि पनि नेविसंघले विज्ञप्ती निकालेर चर्को मुल्य नलिन ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

उहाँले आफुहरुले उठाएको बिषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण नभए प्रत्येक पालिकाको शिक्षा शाखा र पालिका प्रमुखलाई ज्ञापनपत्र बुझाउने, जिल्ला शिक्षा समन्वय ईकाइमा ज्ञापनपत्र बुझाउने र समस्या समाधानमा चासो नदेखाए अदालत र अख्तियारसम्म जाने चेतावनी दिनुभयो ।

सभापति निरौलाले तत्कालै सुनुवाई नभए बिभिन्न बहानामा चर्को मुल्य उठाएर ठगी धन्दा संचालन गर्ने बिद्यालयमा बैशाख १० गते देखि तालाबन्दी गर्ने समेत चेतावनी दिनुभयो।

पत्रकार सम्मेलनमा नेविसंघ झापाका उपसभापतिहरु सञ्जय राई, योगेन्द्र गोदार थापा, सचीव एलेक्स मैनाली, कन्काई कलेज बिर्तामोडका स्ववियु सभापति किरण गुरुङ लगायतको उपस्तिथि थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय