अस्थायी प्रहरी चौकी खुदुनाबारीको व्यवस्थापन समिति अध्यक्षमा ढुण्डीराज गौतम चयन

Share :

अर्जुनधारा । अस्थायी प्रहरी चौकी खुदुनाबारीको व्यवस्थापन समिति अध्यक्षमा ढुण्डीराज गौतम चयन हुनुभएको छ । कैदले खानेपानी उपभोक्ता समितिको अध्यक्ष समेत रहनुभएका गौतमलाई अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाको सभाहलमा आज (सोमबार) आयोजीत एक भेलाले चौकी व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो ।

अर्जुनधारा नगरपालिका ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराईको अध्यक्षता तथा अर्जुनधारा २ का वडाअध्यक्ष नरेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित भेलाले व्यस्थापन समिति अध्यक्षमा गौतमलाई सर्वसम्मत चयन गरेको हो ।


सोमबारको भेलाबाट व्यवस्थापन समितिको अन्य पदाधिकारी र सदस्यहरु भने चयन भएका छैन्न । भेलाले व्यवस्थापन समिति अध्यक्ष, चौकी इन्चार्ज र अर्जुनधारा २ र ३ नम्बर वडाका जनप्रतिनिधिहरुलाई अन्य पदाधिकारी तथा सदस्यहरु चयन गर्ने जिम्मेवारी दिएको छ । ११ सदस्य व्यवस्थापन समितिको सदस्यसचिवमा चौकी इन्चार्ज रहने छन् ।

समुदायसंग प्रहरी साझेदारीलाई अझ सहज बनाउदै अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गराउन समेत महत्वपूर्ण भुमिका हुने भएकाले व्यवस्थापन समिति निर्माण गरिएको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी साहयक निरीक्षक यमनाथ भट्टराईले जानकारी दिनुभयो । उहाँले २०७८ सालमा अस्थायी रुपमा स्थापना भएको प्रहरी चौकीलाई स्थायी बनाउन पहल गर्न र थप व्यवस्थापनका कार्य गर्न समिति गठनले सहयोग पुग्ने बताउनुभयो । प्रहरी साहयक निरीक्षक भट्टराईले विगतमा लागुऔषधको ‘ट्रान्जिक्ट पोइन्ट’ समेत बन्दै गएको चर्चा चलेको यस क्षेत्रमा अहिले त्यस्ता गतिबिधिहरु नियन्त्रण भएको समेत जानकारी दिनुभयो ।

केही दिन अघि मात्रै नक्कली कागजात बनाई बिक्रि गर्दै गरेको अवस्थामा प्रहरी साहयक निरीक्षक भट्टराई नेतृत्वको टोलिले ३ वटा मोटरसाइकल सहित कारोबारमा संलग्नलाई पक्राउ गरेको थियो । अस्थायी प्रहरी चौकी खुदुनाबारीमा प्रहरी साहयक निरीक्षक १ जना, प्रहरी हवलदार १ जना, प्रहरी साहयक हवलदार १ जना र ३ जना प्रहरी जवान कार्यरत छन् ।

सोमबारको भेलामा अर्जुनधारा नगरपालिकाका कार्यपालिका सदस्य चन्द्र तामाङ, वडासदस्यहरु नारायण चापागाई, सुमन कुमारी राई, प्रेम उपकोटी, पूर्व उपमेयर कमला खतिवडा आचार्य, पूर्व वडाअध्यक्ष जिवन भण्डारी, खुदुनाबारी गा.वि.स.का पूर्व उपाध्यक्ष नरबहादुर कन्दङवा, शसस्त्र प्रहरीबल खुदुनाबारीका इन्चार्ज प्रहरी नायव निरिक्षक अम्बर भुजेल, दाहालटार सामुदायीक वनका अध्यक्ष देवि नेपाल, सुखानी सामुदायीक वनका अध्यक्ष मंगलसिंह लिम्बु, सामुदायीक वन नगर महासंघका अध्यक्ष दिव्य कट्टेल लगायत बिभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु र बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय