बिर्तामोडमा बैशाख ९ गतेदेखि प्रदेश स्तरीय महिला गोल्डकप

Share :

बिर्तामोड । बिर्तामोड नगरपालिका–१० सैनिकमोडको ‘अल इन वान’ क्लबले प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबल आयोजना गर्ने भएको छ । बैशाख ९ गतेदेखि शुरु हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरी जिल्लाका टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष कृष्ण योञ्जनले जानकारी दिए । सैनिकमोडको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी तिब्र रुपले अघि बढाइएको आयोजकले जनाएको छ ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको बिजेताले २ लाख २ हजार र उपबिजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने जानकारी योञ्जनले दिए । प्रत्येक खेलको ‘प्लेयर्स अफ द म्याच’ लाई तीन हजार रुपैयाँ प्रदान गरिने उनले बताए ।


सेमिफाइनलको प्लेयर्स अफ द म्याचलाई ४ हजार तथा फाइनलको हरेक बिधामा प्लेयर्स अफ द सिरिजलाई जनही ५ हजार रुपैंयाँ पुरस्कार दिने योजना रहेको आयोजक क्लबका सचिव रोशन खरेलले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न १४ लाख ४२ हजार रुपैंयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।

कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, बिर्तामोड नगरपालिका–१० का अध्यक्ष दुर्योधन गुरुङ, बिर्तामोड नगर खेलकुद बिकास समितिका उपाध्यक्ष सन्तोष गुरुङ लगायतले प्रतियोगिता सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय