‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को पहिलो चरणको दोस्रो अडिसन सम्पन्न

Share :

झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को पहिलो चरणको दोस्रो अडिसन सम्पन्न भएको छ ।

अर्जुनधारा ४ को सूर्याज्योति बिद्यालयमा भएको अडिसनमा दोस्रो चरणका लागि २५ जना प्रतिस्पर्धी छनोट भएका छन् ।

गायन तर्फ १४ जना र नृत्य तर्फ ११ जना गरि जम्मा २५ जना प्रतिस्पर्धी छनोट गरिएको प्रतियोगिताको आयोजक संस्था सारेगम कला केन्द्रका संचालक तथा प्रतियोगिता संयोजक सन्तोष आले मगरले जानकारी दिनुभयो ।


प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको थियो । यसअघि पहिलो चरणको प्रथम अडिसनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् ।

शनिबार भएको पहिलो चरणको दोस्रो अडिसनमा गायन तर्फ संगीत प्रशिक्षक दिपक रायमाझी र नृत्य तर्फ नृत्य प्रशिक्षक तथा नेपाल चलचित्र नृत्य संघको कोशी प्रदेश संयोजक राज लावती र श्रृष्टी लावतीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

पहिलो चरणको तेस्रो अडिसन बैशाख ३ गते सोमबार सालबारी मा.वि.मा हुने आयोजकले बताएको छ । प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ अर्जुनधाराका स्थायी नागरिक र अर्जुनधारालाई कर्मथलो बनाएर बसेकाहरुले प्रतिस्पर्धा गर्न पाउने छन् ।

गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल वैशाख ३० गते अर्जुनधारा–७ स्थित लंका रिसोर्टमा हुने छ ।

सारेगम कला केन्द्रको मुख्य आयोजना, अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्डको सह–आयोजनामा संचालन भएको प्रतियोगितालाई अर्जुनधारा नगरपालिले विशेष सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय