युथ अफ खुदुनाबारीको पहलमा गुरुको घर शिलान्यास

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा-३ स्थित खुुदुनाबारी कैंदलेमा किराँत मिङ्सो माङ्हिम पुजारी गुरु पेला बहादुर लिंदमको घर शिलान्यास गरिएको छ । गएको महिना जङ्गली हात्तीको आतङ्कले घर पूर्ण रुपमा क्षर्ति गरेपछि पैसाको अभावमा लिंदम पालमुनी बसोबास गर्दै आउनु भएको थियो। ६९ वर्षीय लिंदमको ३ कठ्ठा ११ धुर जमिन र पाँच जनाको परिवार रहेको छ ।

युथ अफ खुदुनाबारीको संयोजनमा निर्माण सुरु भएको घरको एक कार्यक्रमबीच संविधानसभा सदस्य प्रेम बहादुर गिरीले उक्त घरको शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका गिरीले समाजको बत्ती बनेर युथ अफ खुदुनाबारी क्लबले काम गर्दै आएको भन्दै प्रशंशा गर्दै सबै मानिस सामाजिक कार्यमा एकता भए काम सफल हुने बताउनुभयो । उहाँले घर निर्माणका लागि ५ हजार रुपैया सहयोग गर्ने घोषणा समेत गर्नुभयो ।


कैदले खानेपानी उपभोक्ता समितिका अध्यक्ष ढुण्डीराज गौतमले पनि घर निर्माणको लागि ५ हजार सहयोग गर्ने बताउनुभयो ।

सामाजिक कार्यमा संक्रीय संस्था युथ अफ खुदुनाबारीको पहलमा स्वदेश तथा विदेशमा सहयोगको लागि अपिलसँगै श्रोत जुट्दै गएको नवनिर्मित घर निर्माण समितिका संयोजक मदन गिरीले जानकारी दिनुभयो । २ कोठा, टिन लगाएर घर बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । हालसम्म घर निर्माणको लागि १ लाख २२ हजार रुपैया उपलब्ध भएको र स्वदेश तथा विदेशबाट थप सहयोग आउने अपेक्षा गरिएको युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले बताउनुभयो ।

क्लबका अध्यक्ष मनोज सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक अगुवा मिना पन्धाक, ससस्त्र प्रहरी बल खुदुनाबारीका प्रमुख अमर बहादुर भुजेल, अस्थायी प्रहरी चौकी खुदुनाबारीका आर वि मेहता, अर्जुनधारा वडा३ सचिव खगेन्द्र लिङ्गेदन, डिभिजन वन कार्यालय झापाका कर्मचारी धनपति अधिकारी, युथ अफ खुदुनाबारीका संस्थापक सल्लाहकार दिव्य कट्टेल, जनता मा.वि. व्यवस्थापन समिति सदस्य सूर्य इम्वुङ, बुद्धिजीवी लोकनाथ खतिवडा, स्थानीय अगुवा ख्याम दुलाल, कृष्ण प्रसाद बाँस्कोटा, राजेन्द्र काफ्ले, मिलन देवान, देव जवेगु, युथ अफ खुदुनाबारीका संस्थापक सचिव याम बाँस्कोटा, सचेत युवा समूहका उपाध्यक्ष सितल क्षेत्री लगायतको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम संचालन भने सचिव देव आनन कट्टेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
1
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय