नेपाल र ओमनबीचको एक दिवसीय अभ्यास खेल आज हुँदै

Share :

झापा । नेपालले शनिबार एक दिवसीय अभ्यास खेलमा ओमानसँग खेल्ने भएको छ । खेल शनिबार बिहान साढे ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुने भएको हो । खेल ५०–५० ओभरको हुनेछ ।

नेपालले एसीसी प्रिमियर कप अघि अभ्यास खेल खेल्न लागेको हो । आफ्नो उत्कृष्ट प्लेइङ–११ निर्धारण गर्ने यो अन्तिम अवसर हो । बन्द प्रशक्षणमा रहेका २१ सदस्य टोलीबाट आवश्यकता अनुसार खेलाडी प्रयोग गर्नेछ ।

अभ्यास खेल हुँदा प्लेइङ ११ नभएर टोलीका जुनसुकै खेलाडीलाई खेलाउन सक्छ । यो खेलले कुनै पनि अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्ने छन् ।


नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गरेको छैन । अभ्यास खेलपछि नेपालले अन्तिम टोली घोषणा गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय