भागदौड मच्चिँदा इलाममा एक दर्जन बढी घाइते

Share :

इलाम । नयाँ वर्षको अवसरमा इलाममा भएको कार्यक्रममा भागदौड मच्चिँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आयोजित मेला र साङ्गीतिक कार्यक्रममा भिडमा मच्चिँदा उनीहरू घाइते भएका हुन् । अत्यधिक भिडमा मानिसहरू च्यापिएपछि भागदौड मच्चिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई(२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई रहेका छन् ।

घाइतेहरूको इलाम अस्पताल र झापाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय