ओरियन्सबाट ठगी भएको पुष्टी भए कारवाही गर्छौ -अध्यक्ष बसन्त पण्डित

Share :

बिर्तामोड । ग्लोबल ओरियन्स नेपाल प्रा.लि. कम्पनीले कुनै बिक्री कक्ष र वितरकबाट गल्ति कमजोरी भएको भए त्यस्ता बितरक र बिक्री कक्षलाई कारवाही गर्ने जनाएको छ ।

केही दिनअघि केही सञ्चार माध्यममा कम्पनीका बिषयमा प्रकाशित समाचारले ध्यानाकर्षण भएको जनाउँदै बिहीवार (आज) बिर्तामोडमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरी त्यस बिषयमा छानविन गर्ने र गलत भएको पाइए कारवाही गर्ने जनाएको हो ।

कम्पनीका अध्यक्ष बसन्त पण्डितले कसैलाई ठगी गर्ने कम्पनीको उदेश्य नरहेको बताउँदै यदि कुनै बितरक र बिक्री कक्षबाट त्यस्ता कार्य भएको ठहरीए कानुनी कारवाही अगाडि बढाउने बताउनुभयो । उहाँले पीडित बनेका ब्यक्ति सम्पर्कमा आए कम्पनीको नियमानुसार न्याय दिने बताउनुभयो ।


काठमाडौँ महानगरपालिका वडा नम्बर १६ बालाजुमा मुख्य कार्यालय रहेको कम्पनीले नेपाल सरकारका सम्बन्धित निकायहरुबाट अनुमति लिएर सामानहरु बिक्री बितरण गरिरहेको दावी गरेको छ । पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष पण्डितले २०७७ असार २९ गते बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट प्रत्यक्ष बिक्री ऐन २०७४ र नियमावली २०७६ बमोजिम इजाजत पत्र प्राप्त गरेको बताउनुभयो ।

पण्डितका अनुसार अहिलेसम्म ५० प्रकारका बिभिन्न अद्धितीय आहारपुरक बस्तुहरु, हर्बल कस्मेटिकहरु र दैनिक उपभोग्य समानहरु कम्पनीको ३० वटा बिक्री कक्षहरुबाट बिक्री वितरण भइरहेका छन् ।

पत्रकार सम्मेलनमा जारी गरिएको प्रेस विज्ञतीमा ‘कम्पनीले ऐनले तोके अनुसार नै स्थानीय निकायमा सम्पूर्ण दर्ता प्रक्रिया पूरा गरेर बाणिज्य बिभागबाट अनुमती लिएर बिक्री कक्षहरु ठाउँ–ठाउँमा सञ्चालन गरेको र ती मध्ये बिर्तामोडको बिक्री कक्ष पनि एक भएको दावी गरिएको छ ।

प्रत्यक्ष बिक्रि ऐनमा व्यवस्था भए वमोजिम ऐनको दफा १४ बमोजिम १८ बर्ष उमेर पुगेका कुनै पनि नेपाली नागरिकहरु विक्रि सम्झौता फर्म भरी वितरक बन्न सक्ने जनाइएको छ । वितरक बनीसकेपछि विक्रि अनुपातको आधारमा ऐनले नै व्यवस्था गरेको दफा १५ तथा नियमावलीको दफा १० तथा निर्देशिकाको दफा १० को उपदफा १ बमोजिम जतिसुकै तह भएपनि विक्रि मुल्यको अधिकतम ४२ प्रतिशत भन्दा बढी नहुने गरी कमिसन वा सेवा सुविधा वितरकहरुले प्राप्त गर्न सक्ने बताइएको छ ।

हाल कम्पनीमा २ हजार २ सय भन्दा वढि ब्यक्तिहरु वितरकको रुपमा काम गरिरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
2
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय