‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु

Share :

झापा । ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’को अडिसन सुरु भएको छ । प्रतियोगिताको अडिसन आज बुधबारबाट सुरु भएको हो । पहिलो चरणमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि अडिसन सम्पन्न भएको हो ।

खुदुनाबारी बजारस्थित जनता माध्यमिक बिद्यालयको सभाहलमा भएको पहिलो चरणको अडिसनबाट २६ जना प्रतियोगी दोस्रो चरणका लागि छनोट भएका छन् । आज भएको अडिसनबाट गायन तर्फ १० जना र नृत्य तर्फ १६ जना गरि जम्मा २६ जना प्रतियोगी छनोट गरिएको प्रतियोगिताको आयोजक संस्था सारेगम कला केन्द्रका संचालक तथा प्रतियोगिता संयोजक सन्तोष आले मगरले जानकारी दिनुभयो ।

अडिसनमा अर्जुनधारा १, २ र ३ नम्बर वडाका ३२ जनाले आफ्नो प्रस्तुति दिएका थिए । ३२ मध्ये उत्कृष्ट २६ जनालाई दोस्रो चरणकालागि छनोट गरिएको हो । बुधबारको अडिसनमा गायन तर्फ संगीत प्रशिक्षक दिपक रायमाझी र नृत्य तर्फ नृत्य प्रशिक्षक तथा नेपाल चलचित्र नृत्य संघको कोशी प्रदेश संयोजक राज लावतीले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।


प्रतियोगिताको अडिसन राउन्डको एक औपचारीक कार्यक्रमकाबिच संबिधानसभाका सदस्य प्रेम गिरीले उद्घाटन गर्नुभएको थियो । नगरभित्र रहेका बालबालिका तथा युवाहरुलाई लक्षित गरि प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक सन्तोष आलेले बताउनुभयो । नेपाली लोक कला, साहित्य संगीत तथा संस्कृतिको संरक्षणसँगै संगीतको माध्यमबाट युवाहरुलाई जागरुप गर्ने उदेश्य रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताको पहिलो चरणमा चैत्र २९ गतेदेखि वैशाख ३ गतेसम्म चार वटा वडामा अडिसन हुनेछ । जस अन्तर्गत चैत्र ३० गते भोलि वडा नम्बर ६, ८ र ९ का लागि पहिलो चरणको अडिसन हुने छ । बिहिबारको अडिसन शनिश्चरे मा.वि.को सभाहालमा हुने छ । त्यस्तै वडा नम्बर ४, ५ र ७ का लागि बैशाख २ गते सूर्यज्योति स्कुलमा पहिलो चरणको अडिसन हुने छ । यस्तै वडा नम्बर १० र ११ का लागि बैशाख ३ गते सालबारी मा.वि.मा पहिलो चरणको अडिसन हुने आयोजकले बताएको छ ।

प्रतियोगितामा गायन र नृत्य दुवै विधातर्फ अर्जुनधाराका स्थायी नागरिक र अर्जुनधारालाई कर्मथलो बनाएर बसेकाहरुले प्रतिस्पर्धा गर्न पाउने छन् ।

पहिलो चरणको अडिसनबाट दोस्रो चरणका लागि ११० जना, दोस्रो चरणबाट तेस्रो चरणका लागि ५० जना र तेस्रो चरणबाट चौथो चरणका लागि २५ जना छनौट गरिने छ । छनौट भएका टप २५ को प्रस्तुती युट्युबमार्फत् सार्वजनिक गर्ने र उनीहरुले प्राप्त गर्ने भ्यूजको आधारमा पनि अंक दिइने बताइएको छ ।

गायन र नृत्य दुवै विधामा पहिलो, दोस्रो र तेस्रो हुने सहभागीले क्रमश जनही ३० हजार, २० हजार र १० हजार रुपैयाँ, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल वैशाख ३० गते अर्जुनधारा–७ स्थित लंका रिसोर्टमा हुने छ ।

‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’ को चौथो चरणसम्मका निर्णायकहरुमा गायनतर्फ दिपक रायमाझी, कमला नेम्वाङ र सरोज दाहाल तथा नृत्यतर्फ राज लावती, रोहित लाम्गादे र अञ्जली माझी रहने बताइएको छ । फाइनलको लागि राष्ट्रियस्तरमा चर्चित निर्णायकहरु रहने आयोजकले बताएको छ ।

सारेगम कला केन्द्रको मुख्य आयोजना, अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्डको सह–आयोजनामा संचालन भएको प्रतियोगितालाई अर्जुनधारा नगरपालिले विशेष सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
3
+1
1
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय