साना किसानले दियो पशु व्यवस्थापन तथा उपचार सम्बन्धि दुई दिने तालिम

Share :

अर्जुनधारा । झापाको अर्जुनधारा-३ स्थित खुदुनाबारीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजना र साना किसान लघुबित्त बितिय सस्था लि बिर्तामोडको सहयोगमा पशु व्यवस्थापन तथा उपचार सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।

संस्थाको अध्यक्ष कृष्ण दंगालले उद्घाटन गर्नुभएको तालिममा ५० जना महिला तथा पुरुषको सहभागिता रहेको बताइएको छ । पशु स्वास्थ्य विज्ञ कैलाश प्रसाद सिंह र साना किसान विकास लघुवित्त वित्तिय संस्था लि इलाका कार्यालय बिर्तामोडका प्रमुख सुभास गौतमले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

तालिममा सहभागिता जनाएकालाई घाँसको बिउसहित मिनरल मिक्सचर (पशु आहारा खुराक ) समेत वितरण गरिएको संस्थाका मुख्य प्रवन्धक गोपि लुइँटेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय