सकरात्मक बन्दै मिटरब्याज पीडित र सरकारबीचको वार्ता

Share :

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक भएको छ ।

सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोईराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता मृग नविनले बताउनुभयो ।

उहाँले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आ-आफ्ना धारणा राखेको बताउनुभयो । उहाँले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको बताउनुभयो ।


उहाँले यसअघि पीडितहरुसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भएपनि सहमति हुन नसकेको बताउनुभयो ।

उहाँले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताउनुभयो । उहाँले मंगलवार मिटरब्याजी पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको बताउनुभयो । उहाँले मिटरब्याजी पीडितहरु राज्यले समाधान गर्ने विषयमा संवेदनशिल नदेखिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय