पत्रकार पारस तिम्सिनाको निधन

Share :

झापा । पत्रकार पारस तिम्सिनाको निधन भएको छ । बिर्तामोड ३ निवासी ३९ वर्षिय तिम्सिनाको उपचारका क्रममा आज दिउँसो बिर्तासिटी हस्पिटलमा निधन भएको हो ।

टाउकोमा व्लड जमेपछि उनलाई आज बिहान उपचारको लागि हस्पिटल भर्ना गरिएको थियो । उपचार गरेर घर लगिएको र फेरि उपचारका लागि अस्पताल पुर्याउनासाथ उनको निधन भएको छिमेकी बसन्त ढकालले बताए ।

विगतमा विभिन्न संचारमाध्यममा कार्यरत तिम्सिनाले पछिल्लो समय लेखापढी पेशा गर्ने गरेका थिए ।


यामनाथ तिम्सिनाका जेठा छोरा पारसको आज साँझ कन्काई माईमा अन्त्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय