दुर्गा प्रसाईंसँग २ करोड माग्ने रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

Share :

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका सांसद श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको हो ।

आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।


अडियो सार्वजनिक भएपछि रास्वपाले छानबिन गर्ने भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सांसद श्रेष्ठलाई तत्कालको लागि निलम्बन गरिएको बताउनुभयो ।

सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार छानबिन लागि समिति बनाउने पार्टीको तयारी छ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय