दुधे बजार विकास समितिको अध्यक्षमा सन्तोष थोप्रा

Share :

झापा । शिवसताक्षी नगरपालिकाको दुधे बजार विकास समितिको अध्यक्षमा सन्तोष कुमार थोप्रा निर्वाचित हुनुभएको छ ।

वडा नम्बर ९ र ११ मा पर्ने दुधे बजारको विकास समितिको अध्यक्षमा थोप्रा आइतबार सर्वसम्मत चयन हुनुभएको हो । विकास समितिमा समाजसेवी थोप्राको अध्यक्षतामा ११ सदस्य समिति चयन गरिएको छ ।


नव गठित समितीको उपाध्यक्षमा सुर्य प्रकाश योङया, सचीवमा नवराज घिमिरे, कोषाध्यक्षमा मुना बिमली, स-सचिवमा गोपाल नोयङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मन्जिल नेपाल, शक्तिमान थाम्सुहाङ, सावित्रा लिम्बू,दाताराम बिस्ट, लिला माया तुम्बापो र सुरेन्द नाल्बो सर्वसम्मत चयन हुनुभएको छ ।


अध्यक्ष सन्तोष कुमार थोप्रा

आगामी ४ वर्षका लागि निर्माण भएको नयाँ समितीले विभिन्न विकासका कामहरु गर्ने छ । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष थोप्राले बजारलाई नयाँ ढंगले प्रस्तुत गर्ने र सफा बनाउने प्रतिबद्धता गर्नुभयो । थोप्रा दुधेमा कनकाइ गार्मेण्ड संचालक समेत हुनुहुन्छ । उहाँको एनि ब्रान्ड स्पोर्ट्स कपडा देशको विभिन्न ठाँउसम्म पुग्ने गरेको छ ।

कार्यक्रममा समितिका पुर्वअध्यक्ष पदम प्रसाद जवेगु, डम्बर मैनाली जग्गादाता डिल्ली बिमली लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा वडा नम्बर ९ र ११ का वडाअध्यक्ष र वडासदस्य लगायत स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन निवर्तमान सचीव बिनोद खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय