लायन्स क्लबद्वारा अपांग बाल बालिकालाई खाध्यान्न समान बितरण

Share :

अर्जुनधारा । लायन्स क्लब अफ बिर्तामोड सिटीले अर्जुनधारा ६ स्थीत अपांग बाल शिक्षा सरोकार केन्द्रलाई खाध्यान्न तथा ग्लोसरी समान बितरण गरेको छ । क्लबका प्रेसिडेन्ट मनोज बानियाँको जन्मदिनको अवसरमा उक्त सामान वितरण गरिएको क्लबका सह–कोषाध्यक्ष प्रेम खड्काले जानकारी दिनुभयो ।

क्लबका प्रेसिडेन्ट मनोज बानियाँको अध्यक्षता तथा एरिया चिफ सत्यनारायण शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा , बिशेष अतिथि रिजन चियरपर्सन निरज कुमार ओली तथा जोन चियरपर्सन घनश्याम चौधरीले शुभकामना मन्तब्य राख्नुभयो ।

क्लबका प्रथम उपाध्यक्ष दुर्गा प्रसाद थपलियाले स्वागत गर्नभएको कार्यक्रमको संचालन क्लबका दोस्रो उपाध्यक्ष उपेन्द्र बानियाँले गर्नुभएको थियो । कार्यक्रममा क्लबका तेसो उपाध्यक्ष, सचिवलगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।


प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय