शिवसताक्षी जित्यो अन्तरपालिका कर्मचारी फुटबलको उपाधि

Share :

बिर्तामोड । शिवसताक्षी नगरपालिकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको फाइनल खेलमा मेचीनगर नगरपालिकालाई ४–३ गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि कब्जा गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीलाई जित दिलाउन १६ औ मिनेटमा उमेश दनुवारले पहिलो गोल गरे । शिवसताक्षीका लागि दोस्रो गोल खेलको ३८ औं मिनेटमा कविर योङहाङले गरेका थिए । उसका लागि तेस्रो गोल ४५ औं मिनेटमा श्रवण मल्लिकले गरे । शिवसताक्षीकालागि चौथो गोल खेलको ५८ औं मिनेटमा दिपक तामाङले गरे ।


पहिलो हाफमा २–१ गोल अन्तरको अग्रता कायम गरेको मेचीनगरले दोस्रो हाफमा भने अग्रतालाई बचाई राख्न सकेन् । शिवसताक्षीले दोस्रो हाफमा ३ गोल फर्काउदाँ मेचीनगरले भने १ गोल मात्रै थप गर्न सक्यो । मेचीनगरका लागि २० औं र २५ औं मिनेटमा रोजित अलिले दुई गोल गरेका थिए । उसकालागि थप एक गोल टिम कप्तान विशाल जवेगुले गरे । खेलको ६७ औं मिनेटमा उनले गरेको फ्रि–किक प्रहारलाई शिवसताक्षीका गोल रक्षकले बचाउ गर्न नसक्दा गोल स्कोर भएको थियो।

शिवसताक्षी

उपाधि जितेसंगै शिवसताक्षी नगरपालिकाको टिमले नगद ६५ हजार, ट्रफी र मेडल पुरस्कार पाएको छ । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगितामा शिवसताक्षीले दोस्रो पटक उपाधि जितेको हो । २०७७ सालमा दमक नगरपालिकालाई पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो ।

मेचीनगर

प्रतियोगितामा उपविजेता बनेको मेचीनगरपालिकाको टिमले नगद ४० हजार, ट्रफी र मेडल पुरस्कार पाएको छ । फाइनल खेलको म्यान अफ दि म्याच शिवसताक्षीका उमेश दनुवार घोषीत भए । उनले नगर २५ सय र ट्रफी पुरस्कार पाए ।

प्रतियोगितामा उत्कृष्ट गोल रक्षक शिवसताक्षीका गणेश अधिकारी, उत्कृष्ट डिफेन्डर मेचीनगरका धिरज राजवंशी, उत्कृष्ट मिडफिल्डर शिवसताक्षीका श्रवण मल्लिक र उत्कृष्ट स्टाइगर मेचीनगरका रोजित अलि घोषित भए । उनिहरुले जनही नगद ३ हजार र ट्रफी पुरस्कार पाए ।

मेचीनगर नगरपालिकाका टिम कप्तान विशाल जवेगु प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताको विजेता, उपविजेता र बिभिन्न बिधामा उत्कृष्ट भएका खेलाडीहरुलाई मेची नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, शिवसताक्षी नगरपालिकाका मेयर मेघहाङ थोप्रा, बिर्तामोड नगरपालिकाका उमप्रमुख नगेन्द्र संग्रौला लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय