जनवादी कलाकारहरुद्वारा संकटमा एक हुन सबै दललाई आह्वान

Share :

बिर्तामोड । पछिल्लो समय मुलुकको आर्थिक अवस्था धरासायी बन्दै देशको अवस्था जटिल बनेको भन्दै राष्ट्रका लागि सबै दललाई एक हुन जनवादी कलाकारहरुले आह्वान गरेका छन् ।

राष्ट्रका लागि संगीत अभियात्रा अभियानले बिहीबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै राष्ट्र आर्थिक संकटको दलदलमा फस्दै गएको बताउनुभयो।

वरिष्ठ जनगायक जीवन शर्माले मुलुकमा आर्थिक संकट आएको भन्दै सबै दल नमिले देशको अवस्था जटिल बन्ने बताउनुभयो । उहाले सबै कम्युष्टि पार्टीमा आवद्ध जनवादी कलाकारहरु एक भएर देश बनाउने अभियानमा संगितिका यात्राका साथ निस्किएको बताउनुभयो ।


अभियात्राले छाडा खालका गीतले मेला महोत्सवमा प्राथमिकता पाइरहेको जनाउँदै जनवादी गीतलाई वेवास्ता गरेर कुनैपनि कार्यक्रम आयोजना नगर्न अपिल गरेको हो । सबै ठाउँमा आफूहरुको सहभागिता हुनुपर्ने अभियात्राको माग छ ।

अर्धनग्न नृत्य र छाडा गीत संगीतमा कुम हल्लाउने नेताहरुलाई पनि सचेत गराउन आवश्यक रहेको जनवादी कलाकार शर्माले बताउनुभयो । जनवादी गीत र कलाकारको सहभागिताका लागि आयोजकलाई कन्भिन्स गर्ने पक्षमा अभियात्रा रहेको शर्माको भनाई छ ।

अभियात्राको टोलीमा २० जना कलाकारको सहभागिता रहेको छ । वरिष्ठ बामपन्थी जनवादी गायक जीवन शर्मा, मणि थापा, उदय श्रेष्ठ, माधव प्रधान लगायतका ख्यातिप्राप्त कलाकारको आयोजनामा राष्ट्रका लागि संगीत अभियात्रा भइरहेको हो ।

चैत ४ मा धनगढीबाट अभियात्रा शुरु भएको थियो । अभियात्राको टोलीले झापाको बिर्तामोडस्थित सिटी सेन्टरको साइ पार्टी प्यालेसमा चैत २५ गते दिउँसो १ बजेपछिछ आफ्नो साङ्गीतिक प्रस्तुतिको आयोजना गरेको जनाइएको छ ।

कम्युष्टि पार्टीहरुलाई एकताा बद्ध भएर देशको हितका लाग्न आाह्वान गर्दै शुरु गरिएको यात्रा वैशाख ५ गते काठमाण्डाौंमा कार्यक्रम गरेर समापन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय