३ वटा अवैध मोटरसाइकलसहित हल्दीबारीका लिम्बु पक्राउ

Share :

झापा । प्रहरीले झापाको अर्जुनधारा–३ खुदुनाबारीबाट ३ वटा अवैध मोटरसाइकलसहित १ जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडास्थीत आइतबारे बजार नजिकैबाट ३ वटा नक्कली कागजात बनाएका अवैध मोटरसाइकलसहित झापा हल्दीबारी गाउँपालिका १ का ४४ बर्षीय जगत बहादुर लिम्बुलाई पक्राउ गरेको हो ।

नक्कली ब्लुबुक बनाई झुक्याएर बिक्रि गर्दै गरेको बिषेश सुचनाको आधारमा आज बिहान १० बजे अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज प्रहरी साहयक निरिक्षक यामनाथ भट्टराई नेतृत्वको टोलिले छापा मारेर मोटरसाइकलसहित लिम्बुलाई पक्राउ गरेको हो ।


लिम्बुसंगै प्रहरीले बिक्रि गर्न लागेको बागमति प्रदेश ०२–०३८ प ३१६३ नम्बर र बागमति प्रदेश ०२–०३२ प १६२३ नम्बरको केटीएम डुक मोटरसाइकल दुई थान र बागमति प्रदेश ०२–०३५ प १६६६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल १ थान पक्राउ गरेको हो । ३ वटै मोटरसाइकलको सक्कल ब्लुबुक समेत फेला परेको प्रहरीले बताएको छ ।

त्यस्तै लिम्बुको साथबाट न्यु धनुषा ट्रेडसको पान बिल ८ थान, न्यु धनुषा ट्रेडसको खरिद बिक्री सम्झौता १ थान, रसिद १ थान, स्टाम्प प्याड १ थान, झोला १ थान, नागरिकताको फोटोकपी १ थान र जग्गा खरिद बिक्रीको सम्क्रैताका कागजातहरु फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले थप अनुसन्धानको प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
3
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय