अन्तरपालिका कर्मचारी फुटबलको उपाधिका लागि शिवसताक्षी र मेचीनगर भिड्ने

Share :

बिर्तामोड । शिवसताक्षी नगरपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा झापा गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै शिवसताक्षीले उपाधि भिड्न्त तय गरेको हो ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा शिवसताक्षीका लागि एक मात्रै गोल श्रवण मल्लिकले गरे । ५६ औं मिनेटमा डि–एरिया नजिकबाट उनले गरेको प्रहार झापाका टिम कप्तान समेत रहेका गोल रक्षक गजेन्द्र थपलियाले बचाउ गर्न नसक्दा टिमले पराजय भोग्यो ।


प्रतिस्प्रर्धात्मक बनेको खेलमा ५६ मिनेटसम्म दुवै टिमले कुनै पनि स्कोर गर्न सकेका थिएन्न । त्यसपछि १–० गोल अन्तरले पछि परेको झापाले खेल बारबरी गर्ने थुप्रै प्रयास गरेपनि सफल हुन नसक्दाँ प्रतियोगिताबाट बाहिरिनु पर्यो ।

शिवसताक्षीको जितका लागि नयक बनेका मल्लिक खेलको म्यान अफ दी म्या घोषीत भए । उनले २५ सय नगद र ट्रफी पुरस्कार पाए ।

त्यस्तै आजै भएको पहिलो सेमिफाइनलमा बाह्रदशी गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै मेचीनगर नगरपालिका प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा प्रवेश गरेको मेचीनगरले अब उपाधिका लागि शिवसताक्षीसंग भिड्ने छ ।

मेचीनगरको जितकालागि खेलको ९ औं र २५ औं मिनेटमा रोजित अलिले २ गोल गरे । उसकालागि टिम कप्तान विशाल जवेगुले थप एक गोल गरेका थिए । बाह्रदशी गाउँपालिकाले भने मेचीगर विरुद्ध कुनैपनि स्कोर गर्न सकेन् ।

मेचीनगरकालागि २ गोल कर्ता रोजित अलि खेलको म्यान अफ दि म्याच चुनीए । उनले २५ सय नगद र ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताको फाइनल खेल आगामी चैत्र २४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय