महासंघको उपाध्यक्षमा ढकाललाई झापाका दर्जनौ बस्तुगत संघको समर्थन

Share :

बिर्तामोड । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनका लागि बस्तुगत तर्फको उपाध्यक्ष पदमा हेमराज ढकाललाई झापाका दर्जनौ बस्तुगत संघरसंस्थाले सिफारिससहित समर्थन गरेका छन् ।

नेपाल चिया उत्पादक संघका पूर्व सचिव तथा हालका सदस्यसमेत रहेका ढकाललाई महासंघको चैत २८ र २९ गते काठमाडौैमा हुन लागेको ५७ औं बार्षिक साधारणसभा तथा निर्वाचनमा बस्तुगततर्फबाट उपाध्यक्षमा झापाका बस्तुगत संघ÷संस्थाले सिफारिस गरेका हुन् ।

नेपाल चिया उत्पादक संघले आइतवार बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा दर्जनौ बस्तुगत संघरसंस्थाले ढकालको उम्मेद्वारीलाई समर्थन गरेका छन् ।


नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा विषयगत समिति स्वास्थ्य तथा सीप विकास समितिका सभापतिसमेत रहेका ढकाललाई महासंघको उपाध्यक्ष ९वस्तुगततर्फ० पदमा उम्मेद्वारीका लागि नेपाल चिया उत्पादक संघको कार्य समितिको पूर्ण बैठकले सर्वसम्मत रुपमा सिफारिस गरेको संघका अध्यक्ष सुरेशकुमार अग्रवालले बताए ।

करिब ३ दशकदेखि उद्योग–वाणिज्य एवम् विदेशी मुद्रा आर्जन गर्ने चिया, अलैंची, अदुवा, सुपारी, भेनियर, प्लाईउड, कुचो, रबरजस्ता कृषिजन्य वस्तुको आन्तरिक तथा निर्यात व्यापार प्रवद्र्धन, संरक्षण तथा यसमा आवद्ध किसान, व्यवसायी, निर्यातकर्ताहरुको समस्या समाधानमा पहल र पैरवी गर्दै आएका ढकाललाई महासंघको वस्तुगततर्फको उपाध्यक्षमा उभ्याइरहँदा यो प्रस्ताव यस संघको मात्र नभई झापालगायत पूर्वी क्षेत्रमा स्थापना भएका बस्तसगत संघरसंस्थालाई मतदान गरी अत्याधिक बहुमतले बिजयी गराउन झापाका बस्तुगत संघ÷संस्थाले सवै मतदातामा आग्रह समेत गरेका छन् ।

उद्योगी–व्यवसायी र किसानको पक्षमा उभिँदै साहसी तथा निडर नेतृत्वको छाप छोड्न सफल भएको भन्दै ढकालको विजयले समग्र कृषि क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्ने कुरामा कुनै शंका नरहेको बताइएको छ ।

महासंघ कोशी प्रदेश संस्थापक अध्यक्ष टीकाराज ढकाल, महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, तारानाथ घिमिरे, नेपाल अलैर्ची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल सुपारी महासंघ अध्यक्ष देबीप्रसाद खतिवडा, नेपाल भेनीयर महासंघ अध्यक्ष दीपक पाण्डे, नेपाल अधुवा उत्पादक संघका अध्यक्ष टोम राजवंशी, नेपाल इटा उद्योग महासंघ उपाध्यक्ष मदन मित्तललगायतले ढकाललाई समर्थन गर्दै जिताउन प्रतिवद्धतासमेत गरेका छन् । कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय