तेस्रो ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसिपको तयारी पूरा

Share :

बिर्तामोड । चैत अन्तिम साता झापामा हुने तेस्रो ग्यालेक्सी बडिबिल्डिङ च्याम्पियनसिपको तयारी पूरा भएको आयोजक ग्यालेक्सी फिटनेस बिर्तामोडले जनाएको छ । च्याम्पियनसिप चैत २४ र २५ गते बिर्तामोडमा हुनेछ । आइतबार ग्यालेक्सी फिटनेसमा आयोजित पत्रकार सम्मेलनमा बडिबिल्डिङबारे जानकारी दिँदै आयोजक समितिका कोषाध्यक्ष तथा सञ्चालक चन्द्र राना लाफाले आन्तरिक व्यवस्थापनसँगै च्याम्पियनसिपको तयारी पूरा भएको बताए ।

च्याम्पियनसिपको तेस्रो संस्करणमा १५० जनाको सहभागिता रहने बताइएको छ । जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजीभन्दा बढी तौल समूहमा प्रतिस्पर्धा हुने छ । तौल समूहको विजेताले कम्तिमा ३० हजार पाउने छ । ओभरअलमा विजेता हुँदै ग्यालेक्सी च्याम्पियन बन्ने खेलाडीले नगद २ लाखसहित आकर्षक ट्रफी पाउने उनले बताए । उनका अनुसार दोस्रो हुने खेलाडीले नगद १ लाख २५ हजार पाउनेछन् भने तेस्रो हुने खेलाडीले ७५ हजार र चौथो बन्ने खेलाडीले नगद ५० हजार पाउने छ ।


यस्तै, बेस्ट पोजर र मस्ट मस्कुलर बन्ने खेलाडीले जनही १० हजार पाउँदा तौल समूहको दोस्रो र तेस्रो बन्ने खेलाडीले जनही १० हजार र ५ हजार पाउने आयोजकले जनाएको छ । च्याम्पियनसिप सम्पन्न गर्नका लागि जयकुमार ट्रेड एण्ड सप्लायर्स र पाँचथर गहना गृहले मुख्य प्रायोजन गरेका छन् भने पुजा थापा र जेटली सिंगर च्याम्पियनसिपको प्रायोजक रहेका छन् । अनुमानित १५ लाख रुपैयाँ खर्च हुने च्याम्पियनसिपको प्रिजजिङ अतिथि सदनमा गरिने छ भने फाइनल राउण्ड कृष्ण सिनेमा हलमा गरिने आयोजक समितिका सचिव केशव श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार फाइनल राउण्डमा वुमन बडिबिल्डिङमा सक्रिय ५ खेलाडीको प्रस्तुति मुख्य आकर्षण रहने छ । आयोजक समितिका बरिष्ठ उपाध्यक्ष रोहित गजमेरको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा संरक्षक कल्पना मगर, समितिकी सदस्य रेखा बाँस्तोला, सल्लाहकार रतन लिम्बूलगायतको उपस्थिति रहेको थियो ।

२०७४ भएको च्याम्पियनसिपको पहिलो संस्करणमा मोरङका विकास धिमाल र २०७६ मा भएको दोस्रो संस्करणमा विराटनगरका रमेश कार्की विजेता बनेका थिए । च्याम्पियनसिप हरेक २ वर्षमा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय