हाप्किडो संघ झापा अध्यक्षमा फुर्वा लामा

Share :

बिर्तामोड । झापा जिल्ला मार्सल आर्ट हाप्किडो संघको अध्यक्षमा फुर्वा लामा चयन हुनुभएको छ।

आज झापाको बिर्तामोडस्थित होटल द किंग्सबेरीमा सम्पन्न संघको प्रथम जिल्ला भेलाले करातेका पूर्वखेलाडी लामाको अध्यक्षतामा झापा जिल्ला संघ गठन गरेको हो ।

संघको उपाध्यक्षमा शौरभ प्रधान, सचिवका तिलक योञ्जन चयन हुनुभएको छ । सहसचिवमा विकास गौतम र कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चयन हुनुभएको छ।


त्यस्तै, सदस्यहरुमा दावा शेर्पा, अर्विन पोद्दार, रमेश चौधरी, सुभला तामाङ, मेनुका मगर र विकास केसी चयन हुनुभएको छ ।

नेपाल मार्सल आर्ट हाप्किडो संघ तथा दक्षिण एसियाली संघका अध्यक्ष कालीबहादुर घर्ती मगरको उपस्थितिमा झापा जिल्ला गठनले पूर्णता पाएको हो ।

कार्यक्रममा कोसी प्रदेशसभा सदस्य गोपाल तामाङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

हाप्किडोका प्रमुख प्रमुख प्रशिक्षक प्रविण गुरुङले खेलको प्राविधिक पक्षबारे प्रस्ट पारेको कार्यक्रममा कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेका थिए भने संघका सचिव योञ्जनले स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय