स्ववियु चुनावमा निर्वाचित झापाका बिद्यार्थी नेताहरुलाई बधाई ज्ञापन

झापा । चैत्र पहिलो साता सम्पन्न भएको स्ववियु निर्वाचनबाट झापाका बिभिन्न क्याम्पसमा निर्वाचित भएका बिद्यार्थी नेताहरुलाई बधाई ज्ञापन गरिएको छ ।

वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिले र स्टडी पार्क एजुकेशन नेटवर्क बिर्तामोडको आयोजनामा शनिबार भएको एक कार्यक्रमकाबिच झापाका बिभिन्न क्याम्पसका स्ववियु पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको हो ।


वाटर किङ्डम पार्कमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, स्टडी पार्कका संचालकहरु सन्नी दास, उदय काफ्ले, वाटर किङ्डम पार्क एण्ड रिसोर्ट झिलझिलेका प्रोपाइटर सौजनराज संग्रौला र कार्यक्रमका अतिथि व्यसायी चुडामणी पौडेले निर्वाचित बिद्यार्थी नेताहरुलाई खादा र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मैनालीले राजनैतिकदल र नेताकालागि नभई बिद्यार्थीको हकहितका लागि राजनिती गर्न बिद्यार्थी नेताहरुलाई सुझाव दिनुभयो । उहाँले निर्वाचनमा जुनसुकै पार्टीबाट होमीएपनि निर्वाचित भएपश्चात साँंझा बिद्यार्थीकालागि काम गर्न सकेमात्रै सफल र असल नेतृत्व भइने बताउनुभयो ।

कार्यक्रमको संचालन संचारकर्मी एवंम बालबालिका तथा शिक्षा संचार मञ्चका अध्यक्ष सरोज पौडेलले गर्नुभएको थियो । उहाँले कार्यक्रममा झापका ११ वटा क्याम्पसका नवनिर्वाचित स्ववियुका बिद्यार्थी नेताहरुलाई बधाई ज्ञापन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा नयाँ बर्षको अवसर पारेर पार्कमा आयोजना हुने सांगितिक कार्यक्रमको बिषयमा समेत जानकारी गराइएको थियो । नयाँ बर्ष २०८० को अवसरमा पार्कमा ३ दिनसम्म बिषेश सांगितिक कार्यक्रम संचालन हुने बताइएको छ । कार्यक्रमलाई काठमाडौंको पोजेटिभ भाइब इभेन्ट म्यानेजमेन्टले संयोजन गर्ने छ । सांगितिक कार्यक्रममा नेपाल र भारतका चर्चित कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमका संयोजक आयुष धमलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
0
+1
1
+1
0
सम्बन्धित

लोकप्रिय

लोकप्रिय