टुङ्गबहादुर बस्नेतको जिवनीमा आधारित ‘निष्ठाको शतक’ बिमोचन

Share :

बिर्तामोड । पूर्ण टुङ्ग स्मृति प्रतिष्ठानद्वारा प्रकाशित शब्द चित्रमा टुङ्गबहादुर बस्नेत ‘निष्ठाको शतक’ नामक पुस्तक बिमोचन गरिएको छ । शनिबार झापा बिर्तामोडका गोपालकुमार बस्नेतसहित श्यामकुमार बस्नेत, जितेन्द्रकुमार बस्नेतसहित परिवारले स्वर्गीय पिता टुङ्गबहादुर तथा माता पूर्णकुमारी बस्नेतको जीवनीमा आधारित पुस्तक बिमोचन गर्नुभएको हो।

बिर्तामोडमा सञ्चालित पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरका सञ्चालक समेत रहनुभएका गोपालकुमार बस्नेतसहित परिवारले स्वर्गीय पिता टुङ्गबहादुर तथा माता पूर्णकुमारी बस्नेतको शालिक समेत अनाबरण गर्नुभएको थियो।


उक्त पुस्तकको बिमोचन कार्यक्रमका प्रमुख अतिथि तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीले गर्नुभएको थियो ।

पूर्ण टुङ्ग स्मृति प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतले आफु जिवितै हुँदा स्व.बुबाको आफ्नो बारेमा किताब प्रकाशन गर्ने इच्छा भएको बताउँदै बुबाको निधनपछि आफुहरुलाई त्यसको चिन्ता भएकोले पिताको इच्छा अनुसार नै पुस्तक प्रकाशन गरेको बताउनुभयो ।

कार्यक्रममा समिरबाबु कट्टेलले सम्पादन गरेको पुस्तकको समिक्षा साहित्यकार बिष्णुकुमार भट्टराई र मेची बहुमुखी क्याम्पसका प्रध्यापक तारा विविधले गरेका गर्नुभएको थियो ।

४०२ पेज रहेको पुस्तकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका पूर्व महामन्त्री केबी गुरुङ, नेकपा ९एकीकृत समाजबादी० नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस इलाम सभापति डम्बरबहादुर खड्कालगायले शुभकामना दिनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कानुनविद लीला उदासी, खबत्तरी बस्नेत वंशावलीका केन्द्रिय अध्यक्ष खड्गबहादुर बस्नेत, अग्रज पत्रकार चन्द्र भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

बिमोचन कार्यक्रममा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, इतिहास बिद युद्धप्रसाद बैद्य, इलाम नगर प्रमुख केदार थापा, समाजसेवी टिएन भट्टराई, पूर्णनन्द शर्मा, हस्पिटलका कार्यकारी निर्देशक आनन्द बस्नेत, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सभाका सदस्य समेत रहनुभएका प्रतिष्ठानका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका प्रशासन प्रमुख बिनोद बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय