अन्तरवडा फुटसलको उपाधि बिर्तामोड ४ लाई

Share :

बिर्तामोड । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा फुटसल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले जितेको छ ।

आज शनिबार बिर्तामोड १ को एब्सुलेट फुटसलमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १० लाई ८–५ गोल अन्तरले हराउँदै वडा नम्बर ४ ले उपाधि चुमेको हो ।

उपाधिसँगै वडा नम्बर ४ ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको वडा नम्बर १० ले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।


वडा नम्बर ४ ले वडा नम्बर ५ लाई वडा नम्बर १० ले वडा नम्बर ७ लाई हराउँदै फाइनल प्रवेश गरेका थिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच वडा नम्बर ४ का मनिल लिम्बू भए । नगद दुई हजार १०० र मेडल पाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वडा नम्बर ४ का समिर गुरुङ भए । उनले नगद ५ हजार पाए ।

फुटसलको प्रबद्र्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका विजेता तथा उपविजेतालाई बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्र संग्रौला लगायतले पुरस्कार वितरण गर्नुभएको थियो।

समिति अध्यक्ष विकास गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बिसन लिम्बूले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय