अर्जुनधारामा ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’ हुने

Share :

अर्जुनधारा । झापाको अर्जुनधारामा ‘अर्जुनधारा डान्स एण्ड सिङ्गिङ् स्टार–२०७९’ हुने भएको छ । गायन र नृत्यको क्षेत्रमा नगरपालिका भरिबाट उत्कृट प्रतिभा छनोट गर्ने लक्ष्यकासाथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्था सारेगम कला केन्द्रले शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।

नगरभित्र रहेका बालबालिका तथा युवाहरुलाई लक्षित प्रतिभा उजागर गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको केन्द्रका अध्यक्ष सन्तोष आलेले बताउनुभयो । नेपाली लोक कला, साहित्य संगीत तथा संस्कृतिको संरक्षणसँगै संगीतको माध्यमबाट युवाहरुलाई कुलतमा लाग्न बाट जोगाउने उदेश्य रहेको बताइएको छ ।

कार्यक्रममा अर्जुनधाराका स्थायी नागरिक र अर्जुनधारालाई कर्मथलो बनाएर बसेकाहरुले प्रतिस्पर्धा गर्न पाउने छन् । प्रतियोगिताको पहिलो चरणमा यही चैत २९ गतेदेखि वैशाख ३ गते सम्म चार वटा वडामा अडिसन हुनेछ । चरणबद्ध रुपमा हुने अडिसनबाट दोस्रो चरणका लागि ११० जना, तेस्रो चरणका लागि ५० जना र चौथो चरणका लागि २५ जना छनौट हुने छन् । प्रतियोगिताको फाइनल वैशाख ३० गते अर्जुनधारा–७ स्थित लंका रिसोर्टमा हुने छ ।


छनौट भएका टप २५ जनाको प्रस्तुती युट्युबमार्फत् सार्वजनिक गर्दै उनीहरुले प्राप्त गर्ने भ्यूजको आधारमा पनि अंक दिइने बताइएको छ । दुवै विधाका विजेता र उपविजेता हुने सहभागीले क्रमश जनही ३० हजार र २० हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् ।

चौथो चरणसम्मका निर्णायकहरु गायनतर्फ दिपक रायमाझी, कमला नेम्वाङ र सरोज दाहाल तथा नृत्यतर्फ राज सुब्बा, रोहित लाम्गादे र अञ्जली माझी रहने छन् । फाइनलको लागि राष्ट्रियस्तरका निर्णायकहरु रहने बताइएको छ ।

प्रतियोगितामा सहभागि हुन ३ सय शुल्क निर्धारण गरिएको छ । अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्ड प्रतियोगिताको सहआयोजक रहेका छन् । अर्जुनधारा नगरपालिका विशेष सहयोगी रहेको उक्त कार्यक्रमको अनुमानित लागत ७ लाख २५ हजार रुपैयाँ रहेको आयोजकले बताएको छ ।

यसैबिच कार्यक्रमलाई सफल बनाउन अर्जुनधारा–८ वडा कार्यालयले कार्यक्रम अवधिभरका लागि आयोजकलाई सचिवालय सञ्चालन गर्न वडा कार्यालयमा एउटा कोठाको व्यवस्था र एक दिनको अडिसन कार्यक्रमको सम्पूर्ण खर्च सहयोग गर्ने भएको छ । वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले गायन तथा नृत्यको माध्यमबाट आयोजकले गर्न लागेको उदाहरणीय एवम् सकारात्मक कार्यको प्रबद्र्धन गर्न आफूले उक्त सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालयका पूर्व शिक्षक कृष्ण पौडेल, कलाकारहरु हस्त परियार, रेवत मगरलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय