आँधी-हुरीसहितको वर्षातकाकारण पाथिभरा स्टिल इण्डष्ट्रिजमा ठुलो क्षति

Share :

बिर्तामोड । आँधी-हुरीसहित आएको वर्षातकाकारण पाथिभरा स्टिल इण्डष्ट्रिजमा ठुलो क्षति भएको छ। शुक्रवार साँझ आएको आँधी-हुरीसहितको वर्षातले बिर्तामोड नगरपालिका वडा नम्बर २मा रहेको यस उद्योगमा दश करोड रुपैयाँ भन्दा बढीको क्षति भएको जनाइएको छ ।

उद्योगमा एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी र सेड, लेथको प्यानल मोटर, ल्याब, कार्यालयको कम्प्युटर, प्रिन्टर लगायत धेरै मेशिनहरु पानी पसेर पुर्णरुपमा काम नलाग्ने अवस्थामा पुगेको इण्डष्ट्रिजका प्रवन्ध निर्देशक कपिल बिमलीले जानकारी दिनुभयो ।


यस्तै उद्योगमा काम गर्ने मजदुर बस्ने क्वाटरसमेत पुर्णरुपमा क्षति पुगेको छ । त्यहाँ भएका भांडा कुँडा, ग्यास, लत्ता कपडा लगायतका समग्रीहरुमा क्षति हुनका साथै भवनको छानामा लगाएको जस्ता पातासमेत उडाएको छ । उद्योगको मुख्य मेशिन र भट्टी रहेको स्थानको छाना उडाएर असिना पानी पसेकाकारण ठुलो क्षति भएको उद्योगका व्यवस्थापक भुपाल थापाले जानकारी दिनुभयो ।

शनिबार विहान उद्योगको वरीपरी रहेको खाली जग्गा र सडकमा छानामा लगाइको जस्तापाता छरिएको पाइएको स्थानीयहरु बताउँछन् । यस उद्योगमा एक सय ३५ जना भन्दा बढीले रोजगारी पाएका छन् ।

यो इण्डष्ट्रिज कोशी प्रदेशकै उत्कृष्ठ स्टिल उद्योगका रुपमा परिचित छ । बैङ्कको व्याजदर र बजारको आर्थीक अवस्थाले पिरोलीरहेका बेला उद्योगले ठुलो क्षति व्यहोर्नु पर्दा लागनीकर्ताहरु निकै ठुलो मारमा परेका छन् ।

 

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय