अन्तरपालिका कर्मचारी स्तरीय फुटबलको सेमिफाइनल समिकरण पुरा

Share :

बिर्तामोड । झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा डोमालाल राजवंशी रंगशालामा आज भएको ४ वटै क्वाटर फाइनलबाट सेमिफाइनल प्रवेश गर्ने टिमको टुङ्गो लागेसंगै सेमिफाइनल समिकरण पुरा भएको हो ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो क्वाटरफाइनलमा आयोजक विर्तामोड नगरपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै बाह्रदशी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । बाह्रदशीलाई जित दिलाउन खेल सुरु भएको ३ मिनेटमा शम्भु आचार्यले पहिलो गोल गरे । त्यस्तै २२ औं मिनेटमा प्रदिप श्रेष्ठ र ३३ औं मिनेटमा कैलाश डोमले थप एक–एक गोल गरेका थिए । बिर्तामोडकालागि चुनु शोरेनले १ गोल गरे । उनले खेलको ७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै टिमकालागि एक मात्रै गोल गरेका हुन् । अघिलो सिजनको विजेता बिर्तामोड यो हारसंगै प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । खेलमा बाह्रदशीका खेलाडी प्रदिप श्रेष्ठ म्यान अफ दी म्याच चुनीए । उनले नगद २५ सय र ट्रफी पुरस्कार पाए ।


त्यस्तै डोमालाल राजवंशी रंगशालामा नै आजै भएको दोस्रो क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै गौरादह नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेपछि नतिजाकालागि टाइब्रेकर भएको थियो । टाइब्रेकरमा गौरादहले ४ गोल स्कोर गर्दा शिवसताक्षीले ३ गोल मात्रै स्कोर गर्न सक्यो । टाइब्रेकरमा उत्कृष्ट बचाउ गरेका गौरादहका गोल रक्षक कमल न्यौपाने म्यान अफ दि म्याच चुनीए । उनले नगद २५ सय र ट्रफी पुरस्कार पाए । खेलमा पराजित भएको शिवसताक्षीले भने गौरादह नगरपालिकाले कर्मचारी बाहेकका खेलाडीलाई समेत खेलमा सहभागी गराएको भन्दै प्रोटेस्ट दर्ता गरेको छ । उक्त बिषयमा छानबिन भइरहेको आयोजकले जनाएको छ । प्रोटेस्टका आधारमा छानबिन गर्दा गौरादह दोषी देखिएमा शिवसताक्षी सेमिफाइनलमा प्रवेश गर्ने छ ।

यस्तै आजै भएको तेस्रो क्वाटरफाइनल खेलमा दमक नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै मेचीनगरपालिकाको टिम सेमिफाइनलमा प्रवेश गरेको छ । मेचीनगरपालिकालाई सेमिफाइनलमा प्रवेश गराउन विजय कुमार खड्काले २६ औं मिनेटमा, विशाल जवेगुले ४१ औं मिनेटमा र रोजित अलिले ५२ औं मिनेटमा एक–एक गोल गरे । खेलको २५ औं मिनेटमा रेड कार्ड खाएर मदन तिम्सिना मैदान बाहिरीएपछि १० खेलाडीमा सिमित भएकोे दमक नगरपालिकाले भने दुई गोल मात्रै स्कोर गर्न सक्यो । उसकालागि खेलको ५१ औं, ६२ औं मिनेटमा रेवत श्रेष्ठले दुई गोल गरेका थिए । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको खेलमा मेचीनगरका रोजित अलि म्यान अफ दि म्याच चुनीए । उनले नगद २५ सय र ट्रफी पुरस्कार पाए ।

त्यस्तै आजै सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकालाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै झापा गाउँपालिकाको टिम प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा एक–एक गोलको बराबरीमा सकिएको खेल नतिजाकालागि टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा दुवै टिमबाट भएको पाँच–पाँच गोल प्रहरमा झापा गाउँपालिकाका गोल रक्षक गजेन्द्र थपलियाले एक खेलाडीको प्रहार विफल पारिदिएका थिए । कनकाईका गोल रक्षकले भने झापाका खेलाडीको ५ वटै प्रहारलाई बचाउ गर्न सकेन्न । त्यसअघि बराबरीमा सकिएको खेलमा कनकाईका लागि डिल्लीराम वि.क.ले २६ औं मिनेटमा गोल गरेका थिए भने झापा गाउँपालिकाका राजु उराउले ४१ औं मिनेटमा जवाफी गोल फर्काउदै खेललाई बराबरीमा ल्याएका थिए । खेलमा टिम कप्तान समेत रहेका झापा गाउँपालिकाका गोल रक्षक गजेन्द्र थपलिया म्यान अफ दि म्याच चुनिए । उनले नगद २५ सय र ट्रफी पुरस्कार पाए ।

प्रतियोगितामा अन्तर्गत २० गते सोम्बार सेमिफाइनलका दुई खेल हुनेछन् । फाइनल खेल भने २४ गते हुने छ । प्रतियोगिताको विजेताले नगद ६५ हजार र उपविजेताले नगद ४० हजार पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
1
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय