राष्ट्रिय स्वतन्त्र पार्टीको अर्जुनधारा नगर संयोजकमा टीआर गौतम

Share :

अर्जुनधारा । राष्ट्रिय स्वतन्त्र पार्टीको अर्जुनधारा नगर संयोजकमा शिक्षासेवी टीआर गौतम चयन हुनु भएको छ । आज अर्जुनधारा ७ स्थित पितृ भवनमा भएको नगर भेलाले गौतमको संयोजकत्वमा ११ सदस्यीय नगर तदर्थ समिति चयन गरेको हो ।

नगर समितिको उपसंयोजकमा खगेन्द्र पौडेल र चन्द्रकला कार्की चयन हुनुभएको छ । समितिको सचिवमा लक्ष्मी खतिवडा र कोषाध्यक्षमा रोमनाथ पाठक चयन हुनु भएको छ ।

यसैगरी, नगर सदस्यमा खेम दाहाल, सकुन दास, रेनुका मैनाली, मणिकुमार भट्टराई, जेबी पुलामी र रुद्रप्रसाद नेपाल रहनु भएको छ ।


सोही भेलाले नगरका ९ वटा वडाको संयोजक पनि तोकेको छ । ११ वटा वडा रहेको नगरमा १ र ४ नम्बरमा संयोजक तोक्न बाँकी रहेको छ ।

तोकिएको २ नम्बर वडाको संयोजकमा दिनानाथ ढकाल, ३ नम्बरमा ओम घिमिरे, ५ मा ओमप्रकाश ओझा, ६ मा सरस्वती खत्री, ७ मा मातृका चापागाईं, ८ मा सीता भारती, ९ मा भक्त गोदार थापा, १० मा कुमार राय र ११ नम्बर वडाको संयोजकमा यमुना पौडेल रहनुभएको छ ।

नगर भेलामा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा संघीय सांसद सोविता गौतम, पार्टीका प्रमुख सचेतक सन्तोष परियार, केन्द्रीय सदस्य रमेश प्रसाईं, पार्टी झापाका संयोजक उमेश खरेललगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
2
+1
0
+1
3
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय