मिटरब्याज पीडितका माग पुरा गर्न उच्चस्तरीय आयोग गठन हुन्छ-प्रधानमन्त्री दाहाल

Share :

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकार प्राप्त उच्चस्तरीय आयोग गठन गर्ने बताउनुभएको छ ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको पनि उहाँले बताउनुभयो ।

मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्ने गरी ऐन तयारीको अन्तिम चरणमा रहेको उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले उच्चस्तरीय आयोग ‘र्यापिड एक्शन पोस्ट’ सरह काम गर्ने गरी अघि बढाइने पनि बताउनुभयो ।


प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताउनुभयो । शनिबार प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री दाहालसँग भक्कानिएर आफ्ना पीडाहरु राखेका थिए । उनीहरुले आफ्ना ६ वटा मागहरु पूरा सम्बोधन भएपछि मात्रै काठमाडौं छोड्ने प्रधानमन्त्रीसँग अडान लिएका छन् ।

उनीहरूलाई अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग यसको बारेमा सम्झौता गरेर मात्रै घर फर्किन प्रधानमन्त्री दाहालले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय