अर्जुनधारा २ मा निःशुल्क स्वास्थ्य शिविर, २ सय ४० जनाले लिए सेवा

Share :

अर्जुनधारा । जेष्ठ नागरिक सामुदायीक मिलन समाज अर्जुनधाराको आयोजनामा झापाको अर्जुनधारा २ मा आँखा तथा कान सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शान्ति सामुदायीक वन उपभोक्ता समुहको कार्यालयमा संचालन भएको शिविरमा २ सय ८४ जनाले सेवा लिएको चिकित्सक अजित कुमार ठाकुरले जानकारी दिनुभयो । अर्जुनधारा २ को शान्ति सामुदायीक वनको सह–आयोजना तथा अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोग र दृष्टी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन भएको हो।

शिविरमा २ सय ४० जनाले आँखा सम्बन्धिको स्वास्थ्य सेवा लिएको डाक्टर ठाकुरले बताउनुभयोे । उहाँका अनुसार १ सय ३० जनाले कान रोग सम्बन्धिको सेवा लिएका छन् । शिविरमा आएका २४ जना शल्यक्रीया गर्नुपर्ने आँखा रोगीहरुलाई थप उपचारकालागि अस्पताल बोलाइएको उहाँले जानकारी दिनुभयो । उनिहरुको थप उपचारमा अस्पतालले ५० प्रतिशत छुट दिने बताइएको छ ।


शिविरमा सेवा लिन आएका सेवाग्राही तथा बिरामीहरुलाई निशुल्क औषधी र चस्मा बितरण गरिएको आयोजक संस्था जेष्ठ नागरिम सामुदायीक मिलन समाज अर्जुनधाराका अध्यक्ष राम प्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले जेष्ठ नागरिक सामुदायीक मिलन समाजले गर्ने बिभिन्न कार्यक्रम मध्ये स्वास्थ्य शिविर पनि रहेको र यो बर्ष दुर्गम भेगका नागरिकले समेत सहज सेवा लिउन भन्ने उदेश्यकासाथ अर्जुनधारा २ मा शिविरको आयोजना गरिएको बताउनुभयो ।

शिविरको सह–आयोजक रहेको शान्ति सामुदायीक वनले शिविर संचालनकालागि व्यवस्थापनको कार्य गरेको थियो । वनका अध्यक्ष तुलसी खतिवडाले दुर्गम भेगमा संचालन भएको निशुल्क स्वास्थ्य शिविरबाट धेरै जनाता लाभान्वित भएको बताउनुभयो ।

शिविरमा दृष्टी आँखा अस्पतालका चिकित्सकहरु डा. कौशल किसोर साहु र डा.अजित कुमार ठाकुरले आँखा तथा कान रोग सम्बन्धिका बिरामीहरुको परिक्षण गर्नुभएको थियो । शिविरमा २ जना डाक्टरसहित ६ जना स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

त्यसअघि आयोजित एक औपचारीका कार्यक्रमकाबिच स्वास्थ्य शिविरको उद्घाटन गरिएको थियो । जेष्ठ नागरिक सामुदायीक मिलन समाज अर्जुनधाराका अध्यक्ष राम प्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि शान्ति सामुदायीक वनका अध्यक्ष तुलसी खतिवडाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको संचालन जेष्ठ नागरिम सामुदायीक मिलन समाज अर्जुनधाराका कोषध्यक्ष कृष्ण पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
1
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय