खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

Share :

काठमाडौं । जनमत पार्टीबाट खानेपानी तथा सरसफाइ मन्त्री बनेका अब्दुल खानले राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा राजीनामा दिनु भएको हो ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमतले उद्योग मन्त्रालय पाउने अपेक्षा गरेपनि खानेपानी नै पाएपछि मन्त्री खानले राजीनामा दिएको स्रोतको भनाइ छ ।


जनमत पार्टी मन्त्रालय बाँडफाँटमा उद्योग मन्त्रालय पाउनेमा ढुक्क थियो । तर खानेपानी मन्त्रालय नै कायम रहने कुरा बाहिर आएपछि मन्त्री खानले राजीनामा दिनुभएको हो ।

पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि जनमतलाई उद्योग मन्त्री दिइने भनिएको थियो । तर सुरुमा बिनाविभागीय जिम्मेवारीमा रहेका खानलाई पछि खानेपानीको जिम्मा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय