घरेलु टोली बीसीएफलाई विराट गोल्डकपको उपाधि

Share :

विराटनगर । घरेलु टोली विराटनगर सिटी (बीसीएफ)ले सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि जितेको छ । विराटनगरस्थित सहिद रंगशालामा बिहीबार राति भएको फाइनल खेलमा भारत केरलाको लुका सकर क्लबलाई ४-० ले हराउँदै विराटनगर च्याम्पियन बनेको हो ।

विराटनगरको जितमा ओलावाले आफिज, विमल घर्ति मगर, मेसुके ओलुमोउ र अविशेक गुरुङले एक एक गोल गरे। खेलको सातौं मिनेटमा ओलावालेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले पेनाल्टीमार्फत पाएको अवसरलाई गोलमा परिणत गरेका थिए ।

७९औं मिनेटमा विमलले गोल गर्दा विराटनगर २-० ले अघि रह्यो । खेलको ९० औं मेसुकेले गोल गर्दा विराटनगर ३-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा अविशेकले गोल गर्दै विराटनगरलाई ४-० को जित दिलाए ।


उपाधिसँग विराटनगरले २० लाख १५ हजार नगद प्राप्त गरेको छ । उपबिजेता लुकाले १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस ।
+1
0
+1
0
+1
0
+1
0
+1
0
Share :
सम्बन्धित

लोकप्रिय

लोकप्रिय